वामदेवलाई अर्को झड्का, प्रधानमन्त्रीद्धारा प्रस्ताव अस्वीकार

काठमाडौं, कात्तिक २८ । राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफुलाई दिन नेकपा नेता वामदेव गौतमले राखेको प्रस्ताव प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका छन् ।

 

रुष्ट गौतमले गैरनाफामुकल निजी कम्पनी र सबैलाई चकित बनाउने दाबी गरेका छन् ।गत संसदीय निर्वाचनमा बर्दियाबाट पराजित गौतम सक्रिय भुमिकामा फर्कन आतुर छन् ।

 

संसदमा जान उनले डोल्पा, बैतडी, दैलेख, बाँके, प्युठान, नवलपरासीका सांसदलाई राजीनामा दिन आग्रह गरेका थिए ।

 

अरु सांसदले अस्वीकार गे पनि काठमाडौं ७ का रामवीर मानन्धर राजीनामा दिन तयार भएका थिए । तर, पार्टीभित्रकै शक्तिले आफुलार्य संसदमा जान रोकेको उनको गुनासो छ । आजको नयाँ पत्रिकाबाट ।