डोटीमा एम्बुलेन्सको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

डोटी, कात्तिक २८ । डोटीको दिपायल सिलगढी नगरपालिका–४, पिपल्लामा एम्बुलेन्सले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

शैलेश्वरी अस्पतालको से १ च १९७८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा आठ वर्षीय इशान कुँवरको मृत्यु भएको हो । इशान शैलेश्वरी अस्पतालका निर्देशक आइजंग कुँवरका छोरा हुन् ।

 

एम्बुलेन्सको ठक्करबाट घाइते बालकको डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको शैलेश्वरी अस्पतालले जानकारी दिएको छ । एम्बुलेन्स ब्याक गर्ने क्रममा बालकलाई ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । एम्बुलेन्स र त्यसको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।