बेरोजगार युवालाइ स्वदेशमै रोजगारी सिर्जना हुन्छ : मन्त्री भट्ट

बैतडी, कात्तिक २८ । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले बेरोजगार युवाले स्वदेशमै राजगारी पाउने बताएकी छन् । गृहजिल्ला बैतडी पुगेकी मन्त्री भट्टले बुधबार तल्लोस्वराडका जनतासंगको भेटघाट कार्यक्रममा यस्तो बताएकी हुन् ।

 

सुदूरपश्चिम प्रदेशमा थुप्रै उद्योग खोल्न सकिने बताउदै उनले सरकारको जनतालाई रोजगारीसँग जोड्ने उद्धेश्य रहेकोले गाउँ–गाउँमा साना उद्योग खोलिने बताइन् ।

 

प्रदेशका सबै जिल्लामा विभिन्न रोजगारीका अवसर रहेकाले अवसरको सदुपयोग गर्न सबैलाई आग्रह समेत गरिन् । सरकार अहिले देशलाई कसरी समृद्ध वनाउन सकिन्छ भन्ने कुरामा लागी परेकाले सरकारले सहुलियत रुपमा युवाहरुलाई व्यवसायको लागि ऋण उपलव्ध गराइरहेको बताइन् ।

 

मन्त्री भट्टले भनिन्, ‘जिल्लामा उद्योग कलकारखानाको लागि कच्चा पदार्थको उपलव्धताको सम्भावना छ यसको लागि स्थानिय सरकारले चासो देखाउनु पर्दछ त्यसको लागि के गर्नु पर्छ म पहल गर्न तयार छु ।

 

यसरी सबै स्थानिय तहमा उपलव्ध हुने स्रोत साधनको सदुपयोग गरि उद्योगको निर्माण गरेमा सबैले रोजगारि पाउने हुदा आफु यसका लागि सक्दो पहल गर्ने मन्त्री भट्टले प्रतिवद्धता समेत जनाइन् ।

 

जनतालाई सकरात्मक सोचको विकास गर्न त कहिले भोट माग्न आएको र आज जनताको मतको कदर गर्दै जनताको पिर मार्का बुझ्न जनताको घरदैलोमा आएको उनले बताइन् ।

 

यसैबीच उनले सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बैतडी र डोटीमा ओद्योगिक क्षेत्र घोषणा गरेको जानकारी समेत दिइन् ।