निर्मला हत्याकाण्ड जस्ता हत्यारा पत्ता लगाउन नसके पनि ASOCIO 2018 Digital Government Award नेपाल प्रहरीकै कोल्टामा

काठमाडौं ।सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सरकारी संस्थालाई जापानस्थित Asian-Oceanian Computing Industry Organization (ASOCIO) द्वारा प्रदान गरिने ASOCIO 2018 Digital Government Award नेपाल प्रहरीले प्राप्त गर्न सफल भएको छ ।

जापानको टोकियोस्थित ‘ए एन ए इन्टरनेशनल होटेल’ मा कात्तिक २२ गते आयोजित ASOCIO Summit मा कम्प्युटर एसोसियसन नेपाल महासंघका कार्यकारी सदस्य डा.अभिजित गुप्ताले ASOCIO को Chairperson Mr. David Wong बाट ग्रहण गर्नुभएको उक्त अवार्ड बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोह बीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हस्तान्तरण गर्नुभयो ।

 

dims=”1″ data-lazy-loaded=”1″उक्त संस्थाले ASOCIO Outstanding Company, Outstanding User Organization, Digital Government र ICT Education गरी ४ विधामा अवार्ड प्रदान गरेको थियो । जसमध्ये नेपाल प्रहरीले Digital Government अवार्ड प्राप्त गरेको हो । यी अवार्डहरु Asia-Oceania मा सूचना प्रविधिको क्षेत्रकै अत्यन्त प्रतिष्ठित अवार्ड मानिन्छन् ।

 

सदस्य राष्ट्रहरुबीच आइसिटी इन्डस्ट्रिलाई प्रवर्द्धन गर्दै आपसी तथा व्यापारिक सम्बन्ध बलियो बनाउने उद्देश्यले जापानमा सन् १९८४ मा ASOCIO स्थापना भएको हो । यस संस्थामा Asian र Oceanian का २४ राष्ट्रहरूको ICT Association हरुबाट प्रतिनिधित्व रहेको छ भने १० हजार भन्दा बढी ICT कम्पनीहरु यस संस्थासँग आवद्ध रहेका छन् ।

 

Asian र Oceanian अन्तर्गतका २४ राष्ट्रहरूमा अष्ट्रेलिया, वंगलादेश, भुटान, ब्रुनाई, कम्वोडिया, हङकङ, भारत, इन्डोनेसिया, जापान, लाओस, मकाउ, मलेशिया, मंगोलिया, म्यानमार, नेपाल, न्यूजिल्यान्ड, पाकिस्तान, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, ताइवान, थाइल्याण्ड र भियतनाम छन् ।

 

यसअघि २०७५ भदौ १ गते लिभिङ विथ आइसिटीको आयोजनामा ‘नेटगियर आइसिटी अवार्ड २०१८’ अन्तर्गत नेपाल प्रहरीले डिजिटल गभर्नेन्स अवार्ड २०१८ प्राप्त गर्न सफल भएको थियो । सूचना प्रविधिको उच्चतम प्रयोग गरेको आधारमा नेपाल प्रहरीले उक्त अवार्ड प्राप्त गरेको हो ।