प्रहरीले तीन महिलाको उद्धार

परासी, कात्तिक २९। भारत लैजान लागिएको अवस्थामा पश्चिम नवलपरासीबाट प्रहरीले तीन महिलाको उद्धार गरेको छ ।

जिल्लाको सीमावर्ती सुस्ता गाउँपालिकाको रतनगञ्जबाट सिन्धुपाल्चोकका दुई र बाँकेका एक गरी तीन महिलालाइ बेच्न लैजान लागेको आशङ्कामा उद्धार गरिएको हो । स्थानीय एक सुनिता गुरुङलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको कुवेत लैजाने लोभमा दिल्ली पु¥याउन लागेको सूचना पाएपछि सुनिताको घरबाट प्रहरी चौकी रामनगरको टोलीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

 

प्रहरी निरीक्षक केदार बस्नेतका अनुसार उद्धार गरिएका महिलाले दिल्लीको बाटो हुँदै कुवेत पठाउने भन्दै आफूहरुलाई त्यहाँ राखिएको बताएका छन् । प्रहरी नियन्त्रणमा रहेकी सुनिताले नवलपरासीमा बसेर महिलालाई भारत पठाउँदै आएको र एक जना महिलालाई पठाएबापत रु दश हजार लिने गरेको पनि खुल्न आएको प्रहरीले जनाएको छ । रासस