ट्याक्सीपछि अब माइक्रो चालकलाई पनि ड्रेस कोड


काठमाडौं कार्तिक ३०। अब माइक्रोबसका चालकले अनिवार्य रुपमा ड्रेस लगाउनुपर्ने भएको छ ।

महानगरीय ट्राफिक महाशाखाले यसअघि ट्याक्सीमा ड्रेस कोड लागुू गरेकोमा माइक्रोका चालक र सहचालकका लागि पनि ड्रेस निर्धारण गरेको हो।

 

महाशाखाले चालकका लागि सुन्तला रंगको हाफ ज्याकेटमा सेतो धर्का भएको ड्रेस निर्धारण गरेको छ, भने सहचालकलार्इ हरियो हाफ ज्याकेटमा सेतो धर्का भएको ड्रेस तय गरेको छ। ड्रेस कोड शनिबारदेखि उपत्यका भित्र चल्ने माइक्रोमा अनिवार्य रुपमा प्रयोग हुनेछ।

 

यसअघि काठमाडौंमा भाडाका ट्याक्सी चलाउने चालकका लागि अध्यारोमा टल्कने र टाढैबाट प्रष्ट देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगानुपर्ने व्यवस्था लागू भएको थियो।