नविल बैंक सवैभन्दा वढी राजस्व तिर्ने, बढी कर तिरे वाफत सिप्रदीका राणाले पाए सम्मान

काठमाडौं मंसिर १। सरकारले कर दिवसको अवसरमा सबैभन्दा बढी कर तिर्ने व्यक्ती र कम्पनीलाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले सातौं राष्ट्रिय कर दिवसको अवसरमा गएको वर्षको कारोबार बापत धेरै कर तिर्ने व्यक्ति र कम्पनीलाई सम्मान गरेको हो।

 
सरकारले सबैभन्दा धेरै आयकर तिर्ने सिप्रदी ट्रेडिङका सभापति सिध्दार्थ शमशेर जवरालाई सम्मान गरेको छ ।

अर्थमन्त्रीले डा। युवराज खतिवडाले कम्पनीतर्फ सुर्य नेपाललाई सम्मान गरेका थिए । सुर्य नेपालको तर्फवाट प्रतिनिधि रवि केसीलाई अर्थमन्त्री खतिवडाले सम्मानपत्र हस्तान्तरण गरे। 

 

त्यस्तै वित्तीय क्षेत्रतर्फको सम्मान भने नबिल बैंकले पाएको छ । वित्तीय क्षेत्रमा सवैभन्दा वढी राजस्व तिर्ने नविल बैंकको तर्फबाट प्रतिनिधि सिइओ अनिल केशरी शाहलार्ई अर्थमन्त्री खतिवडाले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

१५ विधामा सर्वा्धिक कर तिर्नेको सूचि यस्तो छः

सबैभन्दा बढी आयकर तिर्ने स् सुर्य नेपाल

निर्यात गर्नेमा सबैभन्दा बढी आयकर तिर्नेसस् डाबर नेपाल

उद्योगबाट स् हिमाल पावर

कृषि स् प्रो वायोटेक प्राली९निम्बस०

सहकारी र लघुवित्तस् छिमेक लघुवित्त कम्पनी

बैंक तथा वित्तिय संस्थास् नविल बैंक

बीमास् नेपाल पुर्नबीमा कम्पनी

स्वास्थ्य शिक्षास् नोवल मेडिकल कलेज तथा शिक्षण अस्पताल

सुचना प्रविधिस् एफ वान सफ्ट

पर्यटनस् तारागाउँ रिजेन्सी ९हायात होटल०

व्यापारस् सिप्रदी ट्रेडिङ

वार्षिक ४० करोडको कारोबार गर्नेस् नेपाल इन्भेष्टमेन्ट प्राली

४० देखि ८० करोड कारोबार गर्नेबाटस् धितोपत्र बोर्ड

व्यक्तीगत तर्फस् सिध्दार्थ शमशेर जवरा

२०७३र०७४ सम्म विवरण बुझाएर सबैभन्दा बढी मूल्यअभिबृध्दि कर तिर्नेस् घोराही सिमेन्ट रहेकाे छ।