राष्ट्रिय गौरवका आयोजनामा अख्तियारको निगरानी

काठमाडौं, मंसिर ४ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवका आयोजनामाथि निगरानी बढाएको छ। जिम्मा लिएर तोकिएको समयमा काम नसक्ने ठेकेदार र सरकारी अधिकारीमाथि अख्तियारले सूक्ष्म अनुसन्धान थालेको हो।

 

अर्बौं लगानीका आयोजना सम्पन्न गर्न पटकपटक समय थप्दा पनि अलपत्र परेका कारण छानबिन थालिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए।

 

आयोजना प्रमुखकै गैरजिम्मेवारीका कारण काम ढिलासुस्ती भएको प्रारम्भिक निष्कर्षमा अख्तियार पुगेको छ। उसले राष्ट्रिय आयोजनाका ठेकेदार, कर्मचारीदेखि आयोजना प्रमुखसम्म निगरानी बढाएको हो। पप्पु कन्स्ट्रक्सनविरुद्ध बर्दियाको जब्दीघाटको पुल ठेक्कामा भएको अनियमिततामा विस्तृत छानबिनपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ।

 

सहप्रवक्ता कोइरालाले भने, अख्तियारले राष्ट्रिय गौरवका आयोजनामा विशेष निगरानी राखेको छ। छानबिन तीव्र्र रूपमा अगाडि बढाइएको छ।’

अधिकांश राष्ट्रिय गौरवका आयोजनामा बेथिति देखिएको अख्तियारले जनाएको छ। त्यस्ता कुनै पनि आयोजना समयमै पूरा भएका छैनन्। निर्माण सामाग्री कमसल तथा गुणस्तरहीन प्रयोग गरिएको छ। अनुगमनसमेत छैन।

 

२०५९र६० मा सुरु भएर २०७१र७२ मा निर्माणसम्म गर्ने लक्ष्य रहेको सिक्टा सिचाइँ आयोजना अहिलेसम्म पूरा भएको छैन। महालेखा प्रतिवेदनले सिक्टाको अवधि र लगत दुवै वृद्धि भएको किटान गरेको छ। प्रतिवेदनअनुसार निर्माण गरेको संरचनासमेत भत्किएको छ। मुख्य नहरको ठाउँठाउँमा बेड फुटेको, सर्भिस रोड भत्किएको, नहरको स्लोप फुटेको र भत्किएको छ।   आजको अन्नपूर्ण पोष्टबाट  ।