कुहिएको राशन लत्ताकपडाको गुणस्तर चेक जाँचमा प्रधानसेनापतिको ध्यान यता पनि जाला कि

काठमाडौं मङ्सिर ३ गते नेपाली सेनाले सङ्गठनभित्र नातावाद, भनसुन र उपहार लिने दिनेजस्ता विकृतजन्य प्रचलन र अभ्यास हटाउने प्रण गरेको कुरा सार्वजनिक भएको छ ।प्रधानसेनापतिमा पूर्णचन्द्र थापाको नियुक्ति भएपछि सेनाभित्रको विकृति÷विसंगति हटाउने कार्यारम्भ भएको छ र सकलदर्जाले सुधारको अपेक्षा पनि गरेको छ ।

 

भर्ना, खरिद, सरुवा, बढुवामा हुने गरेको अनियमित काम रोकेर नेपाली सेनालाई आम नागरिकबीचमा आस्था र भरोसाको खम्बाको रुपमा विकास गर्न सैनिक मुख्यालयको अठोटलाई सकलदर्जा स्वागत पनि गरेको छ । यो कार्यक्रम मातहतका सबै संरचनामा कडाइका साथ तुरुन्त लागू गर्ने उद्घोष पनि गरेको छ ।

 

सेनाले सैनिक आचरणमा सुधार ल्याउन ‘‘संस्थाको अपेक्षा र मेरो जिम्मेवारी’’ विषयमा जङ्गी अड्डामा नेतृत्व संवाद सञ्चालन गरी उक्त कार्यक्रम अभियानका रुपमा अघि बढाउने अठोट गरेको हो ।आगामी चैतसम्म चरणबद्धरुपमा मातहतका निकायको तहसम्म उपहार लिनेरदिने तथा आर्थिक अनियमितता र भनसुनविरुद्ध सङ्गठनले सचेतना कार्यक्रम गर्न लागेको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिएका छन् ।

सैनिक मुख्यालयले मंसिर १ गते यस्तो घोषणा गरेपछि सैन्यहरुबाट विभिन्न प्रतिक्रिया आउन थालेका छन् । उनीहरुले
प्रधानसेनापति पूर्णचन्द्र थापाले साँच्चिकै नेपाली सेनामा सुधार ल्याउन खोजेको हो भने ‘‘युनिटहरुले गुणस्तरहीन र किरा परेको रासन ख्वाउन बन्द गर्नुपर्ने, कुहिएको राशन ब्यारेक÷ब्यारेकमा पुगेर गोप्यरुपमा छानविन हुनुपर्ने, लत्तारकपडाको गुणस्तर चेक जाँच हुनुपर्ने र लत्तारकपडाको स्केल समयमै दिनुपर्ने, अस्पतालमा तल्लो दर्जाको उपचारमा पक्षपातबाट सैनिक डाक्टरहरु मुक्त हुनु पर्ने, सैनिक अस्पतालमा डाक्टर, नर्सहरुले तल्लो दर्जाका विरामीलाई हेलाहोचो गर्न बन्द हुने पर्ने, विरामीहरुलाई संबोधन गर्दा सभ्य भाषामा संबोधन गर्नुपर्ने, पूर्व सैनिकहरुको उपचार र औषधिको वितरण ७ प्रदेशमा सुरु गर्नुपर्ने माग गरेका छन् ।

 

साथै उनीहरुले नेपाली सेनाका हजारौं सिपाही र बिल्लादारहरुले सरकारी तलब र राशन खाएर निधन भएका, जीवित पूर्व जर्नेल, कर्णेलका परिवारको घरेलु नोकर भएर दास सरह बाँच्न बाध्य छन् ।

 

ती दास सरह बाँच्न बाध्य राष्ट्रसेवकलाई तत्काल ब्यारेकमा फिर्ता गरियोस् । नेपालको सीमा मिचिएको ठाउँमा सेनालाई डिउटी खटाई देऊ ।भन्ने माग गरेका छन् ।  साँघु साप्ताहिकबाट