संसद् अधिवेशन पुस पहिलो साता बोलाउने तयारी

काठमाडौं,  मंसिर ६। संघीय संसद् सचिवालयले संघीय संसद्को तेस्रो अधिवेशन पुस पहिलो साता बोलाउने तयारी गरेको छ । सचिवालय स्रोतका अनुसार मंसिरको अन्तिमतिर बैठक आव्हान गर्ने तयारी गरिएको भए पनि नेपाली कांग्रेसको महासमिति बैठक भएकाले केही पछि सारिएको हो ।

 

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० की संसदीय दलकी सचेतक शान्ता चौधरीले धेरैवटा विधेयक आएको र संसद्ले थोरै समयमा धेरै काम गर्नुपर्ने भएकाले बैठक पुसमा नै बोलाउन लागिएको जानकारी दिनुभयो ।

 

दोस्रो अधिवेशन वैशाख २३ गतेबाट शुरु भई असोज ११ गते राति १२ बजेबाट अन्त्य भएको थियो । यो अधिवेशनमा प्रतिनिधिसभाको बैठक ७९ पटक र राष्ट्रियसभाको बैठक ६१ पटक बसेको थियो दुईवटै अधिवेशनमा दुवै सदनको बैठक एकै दिन सुरु भएर एकै दिन अन्त्य भएको थियो ।

 

संविधानको धारा ९३ मा अधिवेशनको आव्हान र अन्त्यसम्बन्धी प्रावधान छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक आव्हान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । दुवै सदनमा शुरु र अन्त्यमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाइनेछ ।

 

२०७४ फागुन २१ गतेबाट संघीय संसद्को पहिलो अधिवेशन बसेको थियो, यो अधिवेशन चैत्र २० गतेसम्म चलेको थियो । पहिलो अधिवेशनमा राष्ट्रियसभाका १० र प्रतिनिधिसभाका ११ वटा बैठक बसेका थिए ।

 

‘अधिवेशन समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि ६ महिनाभन्दा बढी हुने छैन’ संविधानमा लेखिएको छ । तर अधिवेशन सञ्चालन नरहेको अवस्थामा बैठक बोलाउनु आवश्यक छ भनी प्रतिनिधिसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले लिखित आव्हान गरेमा बैठक आव्हान हुन सक्नेछ । नेपाल समाचारपत्रबाट