दाउरा प्रहार गरी ९० वर्षीया आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

बाग्लुङ  मंसिर ६ । ९० वर्षीया आमाको हत्या अभियोगमा छोरा पक्राउ परेका छन् । बागलुङको जयमिनी नगरपालिका –१० दवलधारा बस्ने ६० वर्षीय कर्णबहादुर श्रीसल मंगलबार राति पक्राउ परेका हुन् ।

 

कर्णबहादुरले ९० वर्षीया आमा हरिकला श्रीसको दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ । घरायसी बिबादको कारणले कर्णबहादुरले दाउरा प्रहार गर्दा हरिकलाको घटनास्थलमै मृत्यु हुन पुगेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।