सोडारी बर्खास्त – बहुविवाह गर्ने नेताहरूमाथि कारबाही चाहिं खै कारवाही

काठमाडौं मंसिर ६ । सात नम्बर प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारी महिलासँगको अवैध सम्बन्धका कारण मन्त्री पदबाट मुक्त भएका छन् ।

सोडारी प्रकरणसँगै सात नम्बर प्रदेश साविक सुदूरपश्चिमका बहुविवाह गर्ने नेताहरूमाथि पनि कारबाही गर्नुपर्ने दबाब नेकपा नेतृत्वमाथि परेको छ । ७ नम्बर प्रदेशमा बहुविवाह गर्नेमा नेकपा स्थायी समिति सदस्य लेखराज भट्ट र प्रदेशका अध्यक्ष कर्णबहादुर थापा हुन् ।

 

सोडारीलाई महिलासँगको सम्बन्धका आधारमा मन्त्री पदबाट हटाइरहँदा बहुविवाह गर्ने नेताहरूलाई जिम्मेवारीमुक्त गर्ने कि नगर्ने यो अहम् प्रश्न नेकपामा उठेको छ । यदि महिलासँगको सम्बन्धकै आधारमा सोडारीको मन्त्रीपद गयो भने कानुनतः दण्डनीय मानिने बहुविवाह गर्नेमाथि पार्टीको धारणा के त भन्ने कुरा उठेको छ ।

 

माधव नेपाल समूहका एक नेताको प्रश्न छ–सोडारी नेपाल समूहका नेता भएकै कारण कारबाही हुने तर अरु अध्यक्षद्वयका निकट भएबापत दण्ड नपाउने पार्टीको कस्तो नीति हो रु उनी ७ नम्बर प्रदेशका प्रभावशाली युवानेताका रुपमा उदाएका थिए । कैलाली एमालेका अध्यक्षका रुपमा स्थानीय निर्वाचनमा एमालेलाई कैलालीमा पहिलो बनाउने श्रेय पनि उनले पाएका थिए ।