काठमाडौँमा ट्राफिक प्रहरीले घुस माग्ने नयाँ तरिकाको खुलासा

काठमाडौ मंसिर ८  काठमाडौँमा ट्राफिक प्रहरीले घुस माग्ने नयाँ तरिकाको खुलासा भएको छ । उपत्यकाका विभिन्न रुटमा ट्राफिक प्रहरीले घुस खाने नयाँ नयाँ टेक्निकको खुलासा भएको हो । यस्तैमा रत्नपार्क, सुन्धारा, नारायणथानको रूट चल्ने माइक्रोबाट विभिन्न कोडभाषा प्रयोग गरेर घुस खाने गरेको पाइएको छ । 

 

ट्राफिक प्रहरीले एक पटक ‘ओई’ भनेभने १०० रुपैयाँको रिचार्जकार्ड दिनुपर्ने र २ पटक अर्थात ‘ओई(ओई’ भने भने २००को रिचार्ज कार्ड दिनुपर्ने नयाँ काइदाको खुलासा भएको छ ।

 

काठमाडौँको ट्राफिक जामका बारेमा भिडियो खिच्दै गर्दा पत्रकार सोभित थपलियाको क्यामरामा यस्तो रहस्य कैद भएको हो ।२०० रुपैयाँको रिचार्ज कार्ड माग्दा १०० को मात्र पुगेपछि ट्राफिकले ‘ओई’ भनेर १००को रिचार्ज कार्ड मागेको खुलासा   छ । साथै   गाडीका चालक र सहचालकले घुस खाने ट्राफिक प्रहरीको नयाँ काइदाबारे पनि बोलेका छन् ।