ड्युटी बसेका प्रहरीलाई झुक्याएर हिरासतमा रहेकी महिला फरार

सर्लाही मंसिर ९ । आइतबार इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीको हिरासतबाट एक महिला अभियुक्त फरार भएका छन ।

२२ दिनदेखि प्रहरीको हिरासतमा रहेकी महिलाले ड्युटी बसेका प्रहरीलाई झुक्याएर भागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिनुभयो ।

 

आफ्नै ससूरालालाई हत्या गरेर फरार महिलालाई १७ दिन पछि प्रहरीले प्रकाउ गरेको थियो । प्रहरीले अनुसन्धानको लागि उनलाइ जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरी घटनाको अनुसन्धान गरिरहेको थियो ।

अभियुक्त महिला फरार भएपछि ड्युटीमा रहेका दुई कारबाहीको तयारी गरिएको एसपी पोख्रेलले जानकारी दिनुभयो ।