राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी कामविहीन


काठमाडौँ   मंसिर १०।  राष्ट्रिय परीक्षा बोर्डका अधिकांश निर्देशक, उपनिर्देशकलगायत उच्च तहका कर्मचारीलाई जिम्मेवारी नदिँदा उनीहरु कामविहीन भएका छन् ।उनीहरुलाई प्रशासन शाखाले लिखित जिम्मेवारी नदिएपछि आदेशको भरमा काम गर्न वाध्य भएका छन् ।

बोर्डले तीन उपनिर्देशकलाई जिम्मेवारी नदिँदा कामविहीन भएका छन् । कामविहीन उपनिर्देशकहरु कार्यालयमा आउने हाजिर गर्ने घाम तापेर घर फर्कने गरेका छन् ।  आजको नेपाल समाचारपत्रबाट  ।