नेतृ आङ सान सुकी अर्को साता नेपाल आउंदै


काठमाडौं मंसिर १०। प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा औपचारिक भ्रमणका लागि नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी नेतृ आङ सान सुकी अर्को साता नेपाल आउने भएकी छन्।

उनी काठमाडौं हुंदा एसिया प्यासेफिक समिटमा पनि सहभागी हुनेछिन्। मंसिर १४ देखि १७ सम्म समिट हुँदैछ। ‘प्रधानमन्त्री ओलीको निमन्त्रणामा औपचारिक भ्रमणका लागि आउन लागेकी हुन्,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘एसिया प्यासेफिक समिटमा पनि सहभागी भएर फर्किन्नु हुन्छ।’

 

उनको भ्रमणको विस्तृत कार्यतालिका भने खुलाइएको छैन। यसअघि सन् २०१४ मा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा सुकी नेपाल आएकी थिइन्। २०१५ मा भएको आमनिर्वाचनमा सुकीको पार्टी सत्तामा आएपछि सुकी पहिलो पटक नेपाल आउन लागेकी हुन्।