जोर्डनमा फेरि नेपाली चेलीको रहस्यमय मृत्यु

काठमाडौं, मंसिर ११ । वैदेशिक रोजगारीका क्रममा जोर्डन पुगेका दुई नेपालीले ज्यान गुमाएका छन् ।कमलपोखरीस्थित एसईई म्यानपावरमार्फत ती चेली जोर्डन पुगेका थिए ।

 

क्लासिक कम्पनीमा गामेन्टको कामका लागि गएका दुई जनाको एक महिनाभित्र एउटै भवनमा ज्यान गएको हो ।सिन्धुपाल्चोक बाह्रबिसे थापागाउँकी रोशनी रसाईली बाथरुममा झुन्डिएको अवस्थामा भेटिएकी थिईन् ।

 

बिहान बाथरुम जान्छु भनी निस्किएकी रसाईली नफर्किएपछि बाथरुम गई हेर्दा मृत अवस्थामा भेटिएको प्रत्यक्षदर्शी नेपाली युवतीले जानकारी दिईन् । शवको प्रकृति हेदा कसैले हत्या गरेर झुन्ड्याएको जस्तो लाग्छ । ती प्रत्यक्षदर्शी नेपाली महिलाले बताईन् ।  आजको नेपाल समाचारपत्रबाट  ।