महेन्द्रनगर पुगे डा. केसी निर्मलाको न्यायका लागि एकबद्धता जनाउन

कञ्चनपुर, मंसिर ११ । बलात्कारीपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि थालिएको धर्ना कार्यक्रममा एकबद्धता जनाउँदै प्रा डा। गोविन्द केसी मंगलबार महेन्द्रनगर पुगेका छन्। धर्नास्थलमा पुगेर एकबद्धता जनाएका केसीले निर्मलाको हत्या भएको चार महिना बितिसक्दा पनि हत्यारा पत्ता नलाग्नु विडम्बना भएको बताए।

 

डा। केसीले सरकारलाई पुस १ गतेसम्म निर्मलाको हत्यार पत्ता लगाउनेलगायतका माग पूरा नभए पुष २ गतेदेखि अनसन बस्ने समेत बताए। यस्तै उनले सरकार बहिरो र निरंकुश भएको हुँदा निर्मलाको हत्या भएको चार महिना पूरा हुँदासमेत बलात्कारी हत्यारा पत्ता लगाउन नसकेको बताए। डा। केसीले भने, ‘सरकार कानमा तेल हालेर बसेको छ।

 

अपराधीको परिवेश हेरर लुकाइएको छ। देशका सम्पूर्ण नागरिक निर्मलाको पक्षमा छन्। जब देशका सम्पूर्ण जनता उठ्छन्। त्यसबेला सरकारको के हालत हुन्छरु अपराधी अपराध गरेर बस्छ। सरकार मुकदर्शक भएर हेर्ने यो कस्तो राज्य व्यवस्था होरु ’ यस्तै उनले प्रमाण लुकाउने सबैलाई जेलमा हाल्नु पर्ने र जेलमा जानेबित्तिकै सकै कुरा बाहिर आउने पनि बताए।

 

हाल निर्मलाकी कान्छी आमा लक्ष्मी पन्त महिला अधिकारकर्मीसँगै छोरीको न्यायको लागि कंचनपुर जिल्ला प्रशासनको अगाडि अनसन बस्दै आइरहेकी छन्।धर्नामा बसेकै बेला निर्मलाका बुवा यज्ञराज पन्तको मानसिक स्थिति खराब भएका कारण उपचारको लागि काठमाडौंको शिक्षण अस्पताल महाराजगंजमा उपचाररत छन्।

 

निर्मलाकी आमा दुर्गादेवी पन्त पनि सँग काठमाडौंमा छन्। श्रीमानले शुरु गरेको धर्नालाई उनकी कान्छी श्रीमती लक्ष्मी पन्तले निरन्तरता दिएकी छन्। आइतबारमात्रै निर्मलाको हत्यारालाई पत्ता लगाउनु पर्ने भन्दै अल्टिमेटम दिएका डा। केसीले आइतबार साँझ रात्री बस चढेर कंचनपुर पुगेर धर्नालाई एक्यबद्धता जनाएका हुन्।

 

‘मलाई अरू केही चाहिँदैन मेरो छोरीलाई न्याय देऊ’
निर्मलाको न्यायका लागि धर्नामा बस्दै आएकी भएकी निर्मलाकी कान्छीआमा लक्ष्मी पन्तले हत्यारा पत्ता लगाई न्याय दिन माग गरेकी छन्।

 

कान्छीआमा पन्तले भनिन् ‘छोरीको न्यायको लागि लड्दै आएका छौँ। सरकार र विभिन्न ठाउँबाट आएको सहयोग राशिको कुनै लोभ छैन। छोरी गुमाउनु पर्ने हामीले नै विभिन्न किसिमका लाञ्छना पनि सहनुपरेको छ। मंसिर महिनाको सितलहरमा छोरीको न्यायका लागि धर्नामा बसेका बुवाले मानसिक सन्तुलन गुमाएर उपचारमा गएको बेला कसरी उहाँले शुरु गरेको धर्ना कार्यक्रमलाई चट्ट छोडेर जान सक्छु।’

 

यस्तै उनले ‘छोरीको लागि न्याए देऊ’भन्दा आफूलाई विभिन्न खालका लाञ्छना लगाएको समेत बताइन्। उनले भनिन्, ‘मेरो छोरीलाई न्याय देऊ अरू मलाई केही पनि चाहिँदैन। तर यहाँ मेरै चरित्र हत्या गर्न खोजिएको छ। मैले राम्रो गर्दा पनि सौतेनी आमा भनिएको छ। मैले नराम्रो गर्दा पनि सौतेनी आमा भनेको छ। म ठेला चलाएर आफ्नो गुजारा गर्ने मान्छे हुँ। मलाई अरू केही चाहिँदैन। मेरो छोरीलाई न्याय देऊ।’