एक युवक मृत फेला

सांकेतिक तस्बिर

बैतडी, मंसिर ११ । बैतडीमा मंगलबार एक युवक मृत फेला परेका छन् ।दशरथचन्द नगरपालिका २ देहिमाण्डौ २५ वर्षीय करन लुहार मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिएका छन् ।

 

सुर्नया गाउँपालिका–५ मा लागेको भगवती मेला हेर्न गएका युवक गएको शुक्रवारदेखि सम्पर्क बिहीन रहेका थिए । युवकलाई मंगलबार बिहान १० बजे स्थानीय महिलाले घाँस काट्ने बेला सुर्नया गाउँपालिका ५ स्थित विश्रम भीरमा मृत अवस्थामा फेला पारेका हुन् ।

 

युवकको भिरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।