अाज मिति २०७५ साल मंसिर १५ गते शनिबार साढे सातको शनिदोष हटाउन संकटा देवीलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस्

मेषः– द्रोह चिन्तन बढि हुनेछ । विवादबाट टाढा बसेर काम गर्नु होला । दुविधमा नपरि कार्य योजना अगाडि बढाउनु होला । साझेदारी काममा हात नहाल्नु होला । आन्तरिक कुरा कसैलाई नखोल्नु होला । सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् । शैक्षिक क्षेत्र कमजोर देखिन्छ । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ ।

 

वृषः– श्रम धेरै,लगानी धेरै तर उपलब्धि कम हात लाग्नेछ । कुन मार्ग हिड्ने भन्ने अन्योलता बढ्नेछ । उत्साहा उमङ्ग घट्नेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । मनमा अशान्ति बढ्नेछ । घरयासी खर्च बढ्नेछ । भौतिका सुखानुभूति कम हुनेछ । मिथ्या आरोप लाग्न सक्छ । सहयोग खासै पाईने छैन ।

 

मिथुनः–उपलब्धिको संरक्षण गर्ने तिर जोड दिनुहोला । काम गर्न ढिला सुस्ति गरेमा सोचे जस्तो उपलब्धि हात पार्न सकिन छैन । अपरान्हबाट समयले साथ कम दिनेछ । पारिवारिक समस्या बढ्ने छन् । व्यवसायिक गतिविधि कम हुनेछन् । आन्तरिक कुरा कसैलाई नखोल्नु होला । आर्थिक कारोवार गर्दा सुरक्षित विधि अप्नाउनु होला ।

 

कर्कटः– भ्रम मुक्त भएर कर्म क्षेत्रमा लाग्नु होला । सानो हेलचक्र्याईले धेरै क्षति हुनेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । ज्ञान नभएका तत् तत् विषय बस्तुमा ऋण लगानी नगर्नु होला डुबिनेछ । मध्यान्ह पछि समयले बढि साथ दिनेछ । अपुरा,अधुरा काम अगाडि बढ्ने छन् । कार्य क्षमता बढ्नेछ । आम्दानी बढ्नेछ ।

 

सिंहः– पूर्वाद्ध जति उत्तराद्र्ध अनुकुल देखिन्न । कर्ममा जोड दिनु होला । सवैलाई आफ्ना ठानेर काम गर्दा दुख पाउन सकिन्छ । व्यापारमा,व्यवसायमा सामान्य उतार चढाव आउनेछ तर अन्तिममा केहि फाइदा हुनेछ । समयमा काम गर्ने कोशिस गर्नु होला पछि गर्छु भनेर राख्नु भयो भने उपलब्धि हिड्नेछ । खर्च वृद्धिको सम्भावना देखिन्छ ।

 

कन्याः– मध्यान्ह सम्म समयले साथ दिने देखिन्न । नयाँ कार्य योजनाहरु अगाडि नबढाउनु होला । व्यापार व्यवसायबाट आम्दानी भन्दा खर्च बढि हुनेछ । रिस,क्रोध र अहंकारलाई नियन्त्रण गर्नु होला । मिथ्या आरोप लाग्न सक्छ सतर्क रहनुहोला । अपरान्हबाट समयले साथ दिनेछ । रोकिएका काम अगाडि बढ्ने छन् ।

 

तुलाः– कुनै काम गर्नु छ भने मध्यान्ह पूर्व गर्नु होला । आफन्तको सहयोग र सल्लाहामा काम गर्दा केहि सहजता हुनेछ । कामबाट उचित प्रतिफल निस्कनेछ । संचित धन बढ्नेछ । अपरान्ह देखि समय प्रतिकुल हुनेछ । अन्तिम चरणमा पुगेका काम रोकिने छन् । फजुल खर्च बढ्नेछ । व्यापारमा गिरावट आउनेछ ।

 

वृश्चिकः– सहास,धैर्यता र पराक्रम बढ्नेछ । विगतमा गर्न नसकेका काम हुनेछन् । भाग्यले साथ दिनेछ । विगतमा असहयोग गर्ने सहयोगको हात फैलाउन पछि पर्ने छैनन । काम सरल तरिकाबाट बन्नेछन् । आफ्नो काम सम्पन्न गर्न आफै सक्षम हुनुहुनेछ । गएका ठाँउमा मान सम्मान पाईनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् ।

 

धनुः– पूर्वान्ह समय कमजोर नै देखिन्छ । अपरान्हबाट समयले पूर्ण साथ दिनेछ । अबरुद्ध काम अगाडि बढ्ने छन् । कार्य लगनशिलता बढ्नेछ । भाग्यले थोरै साथ दिने देखिन्छ । परिवारिक सन्तुष्टि कम मिल्नेछ । विवादमा नफस्नु होला । धर्म कर्म तिर मन जानेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । पढाई लेखाईमा थोरै प्रगति हुनेछ ।

 

मकरः– दया माया कसैले गर्ने छैनन । समयले साथ कम दिनेछ । सोचाई र काम गराईको तलमेल मिल्ने छैन । अहार विहारमा ध्यान दिनु होला । मानसिक चिन्ताले छाड्ने छैन । व्यापारमा आएको मन्दि कायम रहनेछ । आफन्तमा विवाद पर्ला । कामको वीचमा दुख दिने धेरै हुनसक्छन् सतर्क रहनु होला । अपरान्ह पछि समयमा सामान्य सुधार आउनेछ ।

 

कुम्भः– मध्यान्ह सम्म समय सामान्य अनुकुल देखिन्छ । अरुको भर नपरि काम गर्नु होला गरेका काम प्राय सफल हुनेछन् । विदेश यात्राको सम्भावना बढि नै देखिन्छ । ढिला सुस्ति गर्दा उपलब्धि गुम्नेछ । व्यापार व्यवसायबाट आँशिक लाभ हुनेछ । विवादित काममा हात नहाल्नु होला । हेलचक्र्याई गरेर काम नगर्नु होला ।

 

मिनः– समयको गति सगै कामले गति समात्नेछ । प्रतिश्पर्धात्मक काममा सफलता मिल्नेछ । खेलाडीको लागि दिन अनुकुल हुनसक्छ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । नयाँ काम,नयाँ भूमिका मिल्नेछ । आम्दानीका नयाँ क्षेत्र देखा पर्ने छन् । काम गर्दा गोपनियता भङ्ग नगर्नु होला आफैलाइै घाटा हुनेछ । यात्राको योग देखिन्छ ।  – पंडित श्रीकण्ठ सुराचार्य ।