चोरी गरी फरार भएका तीन र सामान खरीद गर्ने एक जनालाई प्रहरीले पक्राउ

चितवन, मङ्सिर १५। जिल्ला प्रहरी कार्यालय चिवतवनले चोरी गरी फरार चार जना अभियुक्तलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।यही मङ्सिर ७ गते भरतपुर महानगरपालिका–८ गौरीगञ्जस्थित तारानाथ सुवेदीको घरमा चोरी गरी फरार भएका तीन र उनीहरुका सामान खरीद गर्ने एक गरी चार जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

 

पक्राउ पर्नेमा मकवानपुर हेटौँडा उपमहानगरपालिका–२ घर भई हाल भरतपुर महानगरपालिका–९ बस्ने ५० वर्षीय रामचन्द्र थापा, मकवानपुर राक्सिराङ गाउँपलिका–८ का ३२ वर्षीय रामकुुमार मोक्तान, मकवानपुर थाहा नगरपालिका–७ आग्रा चौबासका ४८ वर्षीय सन्तबहादुर थिङ रहेको छ । उनीहरुले रु छ लाख २८ हजार बराबरको सामान चोरी गरेको प्रहरीले जनाएको छ ।

 

चोरी गरेको सुन किन्ने रत्ननगर नगरपालिका–१० का ३७ वर्षीय कृष्ण ढकाललाई पनि प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले चोरीको सुन खरीद गरेकाले ढकाललाई पक्राउ गरिएको बताउनुभयो ।

 

प्रहरीले उनको साथबाट सुनको सिक्री दुई थान, बेरुवा औँठी एक थान, मुन्द्रा दुई जोर, लेडिज औँठी एक थान र रु १९ हजार ५०० बरामद गरेको छ । प्रहरीको विशेष टोलीले घटनाका मूख्य नाइके थापालाई पोखरा बसपार्क नारायणगढबाट, थिङलाई काठमाडौँका कलङ्कीबाट, मोक्तानलाई मनहरी र ढकाललाई आफ्नै पसलबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।

 

पक्राउ परेका सबैलाई डाँका चोरी मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद थप गरी कानूनी प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

घटनाका प्रमुख अभियुक्त रामचन्द्र थापा विसं २०६६ जेठ २७ गते राति चितवन साविक कविलास गाविसस्थित घुमाउनेमा पेश्तोल देखाई धनमाल डाँका गरेको अभियोगमा पक्राउ परी डाँका, हातहतियार र खरखजाना मुद्दामा सात वर्ष छ महीना कारागार कार्यालय चितवनमा थुनामा बसी कैद भुक्तानी गरी छुटेका हुन् ।

 

यस्तै अर्का अभियुक्त रामकुमार मोक्तान मकवानपुरमा डाँका मुद्दामा विसं २०६७ मा पक्राउ परी पाँच वर्ष कैद भुक्तान गरी विसं २०७२ मा छुटेको हुन् ।

 

घटनामा सङ्लग्न व्यक्तिहरुलाई मुलुकी अपराध ९संहिता० ऐन २०७४ परिच्छेद २० को दफा २४४ को अपदफा २ ९घ० अनुसारको कसुर, दफा २४४ को उपदफा ३ ९ख० बमोजिम ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि रु एक लाखसम्म जरिवाना हुने प्रहरीले जनाएको छ ।रासस