रक्षा मन्त्री समक्ष अनुज बस्नेतको उजुरी रद्दीको टोकरीमा कोबन्ला भाग्यमानी सेनाको पावरफुल पद रथी

काठमाडौं  मङ्सिर १७ । नेपाली सेनामा रथी पद रिक्त भएको २०७५ मंसिर २४ गते ठ्याक्कै तीन महिना पूरा हुँदैछ । तर, अझै पनि कुन भाग्यमानी उपरथीले रथीमा पदोन्नति हुने मौका पाउने हुन् प्रधानसेनापति पूर्णचन्द्र थापाबाहेक कसैले पनि अनुमान गर्न सक्ने अवस्था छैन ।

रथीका दावेदार उपरथी अनुज बस्नेतले उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल समक्ष गरेको उजुरी पनि खेर गएको छ । प्रधानसेनापति थापासंग अनुमती लिएर रक्षा मन्त्री समक्ष ‘बिन्ती पत्र’ हाल्न पुगेका अनुज बस्नेतको उजुरी रद्दीको टोकरीमा फालिएको रक्षा स्रोत बताउछ । रथीको पदपूर्ति ३ महिनासम्म नहु“दा सहायक रथीहरुको पदोन्नति पनि रोकिएको छ ।

उपरथीहरु शेखर बस्नेत २०७५ मंसिर १ गते, देवेन्द्र मेधासी मंसिर ४ गते अवकास भएभने अब मंसिर २४ गते अनुज बस्नेत अवकास हु“दैछन् । यस्तै अवकास हुने लाइनमा उपरथी देवकुमार सुवेदी पनि रहेका छन् ।

मंसिर २४ गतेपछि रथीको पदपूर्तिका लागि फाइल अघि बढेन र १५ दिने सूचना प्रकाशित भएन भने २०७५ पुस २० गते उपरथीबाटै देवकुमार सुवेदी पनि अवकास हुनेछन् ।

त्यसपछि रथी बन्ने सौभाग्य प्रँप्त भएमा पालो आउने छ, उपरथी शरद गिरीको । नेपाल आर्मीको हेडक्वार्टरमा शरद गिरी नै रथी बन्छन् भन्ने चर्चा सुरु भएको छ । शरद गिरीले रथी बन्ने अवसर पाए भने नेपाली सेनाले चार महिनापछि मात्र रथी पाउने छ ।