नेपाल–भारत सीमावर्ती नेपाली गाउँमा सडक बनाउँदा भारतीय पक्षबाट अबरोध


कञ्चनपुर मंसिर १८ ।पश्चिम नेपाल कञ्चनपुरको नेपाल–भारत सीमावर्ती नेपाली गाउँमा सडक बनाउँदा भारतीय पक्षबाट अबरोध भएको छ । भीमदत्त नगरपालिका १० गड्डाचौकीदेखि जिमुवा–ब्रम्हदेब जोड्ने नेपाली भुमिमा सडक बनाउँदा भारतीय सीमा सुरक्षा बल एसएसबी ले अबरोध गरेको हो ।

मंगलबार सडक निर्मणका लागि भीमदत्त नगरपालिकाको जेसिभी त्यहाँ पुग्दा भारतीय एसएसबीले दशजगा भन्दै फर्कादिएको स्थानीयले बताएका छन् । स्थानीय पशुपती चन्दले गड्डाचौकी गाउँभएर जिमुवा हुदै ब्रम्हदेब जोड्ने सीमावर्तीबस्तीको सीमा सडक निर्मणमा भारतीय पक्षबाट अवरोध भएको बताईन् ।

 

एसएसबीले दशगजा भन्दा ५० मिटर दुरीमा मात्रै सडक निर्माण गर्नुपर्छ भन्दै रोकेको उनले बताईन् । ‘स्थानीय जनतालाई आवत जावतमा अप्ठेरो भएको भन्दै हामीले नगरपालिकासंग भनेर सडक खोल्न लगाएका थियौँ, ‘उनले भनिन, । ‘आफ्नै जमिनमा पनि सडक बनाउँदा भारतीय पक्षले अवरोध गरिदियो ।’ भारतीयले अवरोध गरेपछि स्थानीयको सपना चकनाचुर भएको उनको बुझाई छ ।

 

स्थानीय जनप्रतिनिधी प्रेम बहादुर चन्दले दशगजा पर्ने नपर्ने विषयमा यस अघि नगरपालिबाट अमिन ल्याएर नापनक्साङ्गकन पर्ने बताए । उनका अनूसार गड्डाचौकीदेखि ब्रम्हदेबसम्म सडक विस्तारका क्रममा झण्डै ८० परिवारको जमिन भएर जाँदै छ । ‘हामी नेपालीको लालपुर्जावाला जमिन हुंदै सडक विस्तार हुंदैथियो, ‘उनले भने, ‘एसएसबीले दशजगाको क्षेत्रभन्दै रोकिदिए ।’

 

भीमदत्त नगरका सूचना अधिकारी हरिसिह धामीले नगरपालिकाले सीमावर्ती जनताको माग अनुसार सडक स्तरोन्नती गरिरहेको बताउदै उनले भारतीय पक्षबाट रोक लगाईएको बताए । उनले विवाद बारे प्रशासन स्थानीय सरकारले संय’क्त पहल गरिरहेको छ ।

 

कञ्चनपुरका प्रम्ुख जिल्ला अधिकारी तारानाथ अधिकारीले नेपाली भूमिमा नियमसंगत भए निर्माण गर्न पाउने र त्यसलाई कसैले पनि रोक्न नहुने बताए । काम रोकावट हुन नहुने बताउदै प्रजिअ अधिकारीले दशजगा क्षेत्रमा संरचना बनाउन नपाईने बताए । सीमा पिलर अद्यावधीक नहुँदा समस्या हुने गरेको बताउदै उनले सीमा विवादलाई सम्बद्ध पक्षसंग बसेर टुङ्गो लगाईने बताए ।

 

कहिलेकाही बुझाईमा समस्या हुंदा समेत विवाद आउने गरेको बताउदै प्रजिले अवरोध भएको विषयमा तत्तकाल सम्बन्धीत दुवै देशका सुरक्षा अधिकारीसहित समन्वय गरेर समस्याको निकास निकाल्ने बताए । पटक पटक भारतीय पक्षबाट नेपाली भूमिका संरचना निर्माण हुंदा अवरोध हुने परम्पराले निरन्तरता पाएको कतिपयको बुझाई छ । २०७३ साल फागुन महिनामा पुनर्वास नगरपालिकाले सीमा क्षेत्रमा निर्माण गर्न लागेको पल्र्भटको विषयमा भारतीय पक्षबाट नेपाली नागरिक गोबिन्द गौतम मारिएपछि पनि भारतीय पक्षले बेलाबेलामा सीमा क्षेत्रमा अवरोध गर्दै आएको छ।