वर्तमान सरकारको चर्को आलोचना भई रहदा मन्त्री गोकर्ण विष्ट चौतर्फी प्रसंशा

काठमाडौँ मंसिर १९  । वर्तमान सरकारको चर्को आलोचना गर्नेहरूले पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको व्यक्तिगत रूपमा आलोचना गर्दैनन् । धेरै प्रचार नचाहने तर आफ्नो जिम्मेवारी पूरा गर्ने बानी भएका उनै मन्त्री ट्राफिक नियम उलंघन नगर्ने मन्त्रीमा पर्छन । प्राय मन्त्रीहरू साइरन बजाएर गलत दिशाबाट चालकलार्इ गाडी हुइँक्याउन लगाउँछन तर मन्त्री विष्ट अरू सर्वसाधरण जस्तै जाममा पनि रोकिन्छन ।

 

मंगलबार थापाथली चोकमा जाममा बसिरहेको समयमा मन्त्री विष्ट चढेको गाडी पत्रकार रामेश्वर बोहराको क्यामरामा कैद भएको छ । पत्रकार बोहराले ट्वीटरमा केही शब्दसहित उक्त गाडीको तस्बीर राखेपछि उक्त तस्बीर अहिले भाइरल भैरहेको छ । धेरैले त्यसलार्इ रिट्वीट गरिरहेका छन भने कतिपयले स्क्रिन सर्ट गरेर अन्य सामाजिक सञ्जालमा समेत सेयर गरिरहेका छन ।

 

बोहराले ट्वीटरमा लेखेका छन, ‘थापाथलीमा झण्डावाल गाडी लेनमा बसेको देख्दा अचम्म लाग्यो, बाटो खुलेपछि पनि यसले बटुवालाई बाटो छाडिदियो । साइरन, तीब्रगति पनि थिएन । अगाडि पुगेर हेरें, श्रममन्त्री गोकर्ण विष्टको गाडी रहेछ ।

 

थापाथलीमा झण्डावाल गाडी लेनमा बसेको देख्दा अचम्म लाग्यो, बाटो खुलेपछि पनि यसले बटुवालाई बाटो छाडिदियो । साइरन, तीब्रगति पनि थिएन । अगाडि पुगेर हेरें, श्रममंत्री गोकर्ण बिष्टको गाडी रहेछ ।

 

ट्राफिक नियम सबैले मान्नुपर्छ र सबैलार्इ बराबर पनि लाग्छ तर हाम्रोमा भिआइपी भनिएकाहरू यस्ता नियमलार्इ खुट्टाले कुल्चिएर हिड्छन जुन सर्वथा गलत छ । यस्तै अवस्थामा एकजना मन्त्री चढेको झण्डावाल सावारीले नियम मानेर अरूलार्इ समेत मान्न प्रेरित गरेको विषय जनचेतनाका लागि प्रभावकारी होस भन्ने हेतुले यो समाचार तयार पारिएको हो ।