नयाँ शक्तिका नेताले वडाध्यक्षलाई दुर्व्यवहार गरेको अाराेपमा पक्राउ

धनगढी, मंसिर २० । नयाँ शक्ति पार्टी नेपालका नेता तथा केन्द्रिय संरक्षक परिषद्का सदस्य खड्क साउदलाई प्रहरीले पक्राउ गरेको छ। कैलालीको गौरीगंगा नगरपालिका–५ का वडा अध्यक्ष जंगबहादुर विकले आफूलाई दलित भनी दुर्व्यवहार गरेको उजुरी दिएपछि साउदलाई प्रहरीले पक्राउ गरिएको हो।

 

गौरीगंगा नगरपालिका–५ को मोहन्याल माध्यामिक विद्यालयको व्यवस्थापन समितिका पदाधिकारी चयनका विषयमा विवाद भएको र साउदले आफूमाथि हातपात गरेको विकले दिएको उजुरीमा उल्लेख गरिएको छ।

 

साउदविरुद्ध सामाजिक कसुर अन्तर्गत कारबाही गर्न जिल्ला प्रसाशन कार्यालय कैलालीबाट म्याद थप भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरि वलीले जानकारी दिए।