काठमाडौंमा जाडो बढ्दैछ यो वर्षकै कम तापक्रम


काठमाडौं ,मंसिर २२। उपत्यकाको तापक्रम शनिबार यो वर्षकै कममा झरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार काठमाडौंको तापक्रम ५ दशमलव २ डिग्री सेल्सियसमा झरेको हो।

‘बिहान पौने ६ बजे गरिएको मापनअनुसार आज यो वर्षकै कम ५ दशलव २ डिग्री सेल्सियसमा झरेको छ,’ शुक्रबार र बिहीबार काठमाडौंको तापक्रम ५ दशमलव ५ डिग्री मापन गरिएको थियो।

 

मौसमविद्का अनुसार गत वर्षको तुलनामा यसपटक अलि चाँडै तापक्रम घटेको हो। गत वर्ष यही ९मंसिर० समयमा काठमाडौंमा तापक्रम यति तल पुगेको थिएन।सन् १९७८ को जनवरी ११ मा अहिलेसम्मकै कम तापक्रम माइनस ३ दशमलव ५ डिग्रीसम्म पुगेको थियो।