सार्वजनिक बिदामा चलेका सरकारी गाडी नियन्त्रणमा

मकवानपुर मंसिर २२। शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक बिदाको दिनमा सञ्चालन भएका सरकारी सवारीसाधन धमाधम नियन्त्रणमा लिन थालेको छ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको निर्देशनमा जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालय मकवानपुरले हेटौँडाका विभिन्न स्थानमा चेक गर्दै बिदाका दिनमा सञ्चालन गरिएका सवारीसाधन नियन्त्रणमा लिन थालेको हो।

 

शनिबार बिहान मात्रै मोटरसाइकल र कार गरी नौवटा सरकारी सवारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। सार्वजनिक बिदाको दिनमा सरकारी सवारीसाधन दुरुपयोग हुने गरेको जनगुनासो आएसँगै स्थानीय प्रशासनले यसतर्फ सक्रियता बढाएको हा