काठमाडौंमा टिपरको ठक्करबाट एकको मृत्यु

काठमाडौँ, मङ्सिर २२ । काठमाडौं महानगरपालिका–१७ स्थित ढल्कुमा टिपरको ठक्करबाट आज बिहान एक जनाको मृत्यु भएको छ ।डल्लुबाट सोह्रखुट्टेतर्फ आउँदै गरेको बा ३ ख ४२२० नम्बरको फोहरमैला बोक्ने टिपरले विपरीत दिशाबाट जाँदै गरेको बा ५१ प ६८६७ नम्बरको मोटरसाइकललाई बिहान १०ः५५ बजे ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

 

दुर्घटनामा महानगरपालिका–१७ धोबीचौरका ३० वर्षीय अनिल गुरुङको मृत्यु भएको महानगररीय ट्राफिक प्रहरी महाशाखाका उपरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो ।

 

दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल ठमेलमा उपचारका क्रममा ११ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपरसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस