२५ वर्षे शिक्षा राणनीति तयार

काठमाडौं, मंसिर २४ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २५ वर्षे शिक्षा रणनीति तयार गरेको छ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षाको समग्र अवस्था अध्ययन गरी २५ वर्षे रणनीति तयार गरेको हो ।

 

२४ सदस्यीय आयोगले प्रारम्भिक प्रतिवेदन तयार गरी प्रदेश स्तरमा १३ हजार सरोकारवालासंग सुझाव लिएपछि २५ वर्षे शिक्षा नीति तयार गरेको हो । आयोगले अहिले अन्तिम दस्तावेज निर्माणमा जुटेको छ । आयोगले तयार गरेको २५ बुँदे रणनीतिमा पूर्ण रुपमा सक्षम शिक्षकको पकिल्पना गरेको छ ।

जसअनुसार अबको २५ वर्षभित्र सबै विद्यालयमा योग्यता पुगेका स्थायी शिक्षक हुनुपर्ने परिकल्पना गरेको छ । हाल मुलुकभर अस्थायी, राहतसहित १४ प्रकारका शिक्षक कार्यरत छन् । अब स्थायीबाहेक अन्य शिक्षक हुने छैनन –नीति तयार गर्ने क्रममा मन्त्रालयका एक उच्च अधिकारीले भने ।

 

मन्त्रालयले तयार गरेका २५ वर्षे योजना भने गोप्य राखिएको छ । आयोगको पूर्ण दस्तावेज तयार भएपछि सम्मेलन मार्फत सार्वजनिक गर्ने तयारी गरिएको छ ।

 

त्यस्तै उच्च योग्यता र शिक्षा भएका र मेधावी व्यक्ति शिक्षक तथा प्राध्यापक हुन सक्ने विषय नीतिमा समेटिएकोे छ । शिक्षक प्रवेशको न्यूनतम योग्यतासमेत तय गरेको छ । अब स्नातक तह उत्तीर्ण गरेकालाई मात्रै शिक्षक पेशामा प्रवेश गराउने नीति अबलम्बन गर्ने योजना सरकारले गरेको छ । नेपाल समाचारपत्रबाट