नक्सा बिर्सिदा दुबई–काठमाडौँ उडान चार घन्टा ढिलो


काठमाडौँ मंसिर २४ ।नेपाल वायु सेवा निगमको आइतबार बिहानको दुबई–काठमाडौँ उडान चार घन्टा ढिलो हुँदा राष्ट्रिय ध्वजावाहकप्रति आत्मीयता राख्ने यात्रुकै बिचल्ली भएको छ ।

दुबईको स्थानीय समयअनुसार बिहान ४ बजे उडान भरी ९ः४० मा काठमाडौँ अवतरण गर्नुपर्ने थियो तर निगमको लापरबाहीका कारण विमान १ बजेर ४३ मिनेटमा मात्र काठमाडौँ ओर्लिएको थियो ।

 

हवाई उडानको मार्ग पहिल्याउन तथा उचाइ थाहा पाउन आवश्यक पर्ने नक्सा ९जिप्सन चार्ट० काठमाडौँबाटै लैजान बिर्सिएकाले तोकिएको समयभन्दा ४ घन्टापछि उडान भएको छ ।  आजको समाचारपत्रबाट  ।