डाँकाले छाडेको ‘गोल्टिन बम’ पड्किँदा दुई नेपाली घाइते


काठमाडौं मंसिर २४। भारतीर शहर लौकाहाका व्यापरी बैजु अग्रवालको घरमा शुक्रबार राति डर्कैती भयो डाँकाहरु डकैती गरेर वारी ९नेपालको० भगवानपुर गाँउपालिका–४ ठाडीस्थित बलानखोलाको बगरमा आइपुगे।

उनीहले त्यही पानपरागको बट्टामा बनाएको गोल्टिन बमसहितको झोला छाडेर बाँकी समान लिएर हिँडे। आइतबार बिहान सोही ठाँउमा शौच गर्न गएका स्थानीय २७ वर्षीय सञ्जय यादव र २८ वर्षीय ओमप्रकाश यादवले झोला खोलेर बट्टा कोट्याए। बम पड्कीयो, उनीहरु घाइते छन्।

 

दुवैको भारतको लौकाहामा उपचार भइरहेको छ। बिहान शौच गर्न पुगेका यादवद्वयले प्लाष्टिकको झोला देखेपछि उत्सुक हुँदै खोलेर हेर्न थाले। पानपरागको बट्टा देखेपछि कोट्याएर खोल्न लाग्दा घाइते भएको उनीहरुको बयान उदृत गर्दै इलाका प्रहरी कार्यालय लाहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए।