मंसिर २५ र २६ गते सार्वजनिक विदा

जनकपुर, मंसिर २४ ।जनकपुरधाम उप–महानगरपालिकाले विवाह पञ्चमीको अवसरमा मंसिर २५ र २६ गते २ दिन सार्वजनिक विदा दिने निर्णय गरेकाे छ । राम–सीता विवाहपञ्चमी महोत्सवमा स्थानीय सरकारले भव्यतापूर्वक मनाउन भन्दै २ दिन विदा दिने भएकाे हाे । जनकपुरधाम उप–महानगरपालिकाले विवाह पञ्चमीलाई भव्यतापूर्वक मनाउन भन्दै विद्यालयमा समेत बिदा दिने निर्णय गरेको  छ ।

 

जसअनुसार मंसिर २५ र २६ गते जनकपुरधाम नगरभित्रको सम्पूर्ण सामुदायिक विद्यालयको पठन पाठन बन्द हुनेछ ।विवाहपञ्चमी महोत्सवमा लाखौँ श्रद्धालु भक्तजनको सहभागिता हुने अनुमान गर्दै उपमहानगरपालिकाले श्रद्धालुभक्तजनको लागि बासस्थलको रुपमा विद्यालय उपलब्ध गराइदिन पनि आग्रह गरेको छ ।

 

साथै विद्यालयलाई आवश्यकता अनुसार आगन्तुक श्रद्धालु भक्तजनलाई बास उपलब्ध गराई विद्यालयको भवन प्रयोग गर्न दिन आग्रह समेत गरेका छन् ।