भारतीय इन्जिनियरले विमानभित्र यौन हमलाका दोषी राममूर्तीलाई ९ वर्षको जेल सजाय


एजेन्सी । राममूर्ती भारतीय इन्जिनियरलाई अमेरिकाको अदालतले ९ वर्षको जेल सजायँ सुनाएको छ । ती इन्जिनियरले आफू नजिकै बसेकी महिलामाथि यौनहिंसा गरेका थिए ।

३४ वर्षीय प्रभु राममूर्ती आफ्नी श्रीमती र पीडितको बीचमा बसेका थिए । पीडितका अनुसार घटनाका बेला उनी सुतिरहेकी थिइन् । महिलाका अनुसार जब उनी निन्द्राबाट ब्यूझिइन् तब उनको शर्ट र पाइन्टको टाँक खोलिएका थिए र राममूर्तीको हात उनको पाइन्टमा थियो ।

 

डेट्रायट फ्रि प्रेसको एक रिपोर्ट अनुसार अभियोजन पक्षले अदालतसँग ११ वर्षको सजाय माग गरेको थियो । निर्णयको सजायँ सुनाउने बेला जज टेरेन्स बर्गले घटनालाई गम्भीर अपराध बताउँदै ९ वर्षको सजायँ पर्याप्त हुने जानकारी दिए जब राममूर्तीमाथि आरोप लगाइएको थियो तब उनले आरोपलाई अस्विकार गर्दै आफू त्यतिबेला निदाइरहेको बताएका थिए ।

 

पीडित महिलाले विमानबाट उत्रिएपछि नै फ्लाइटका चालक दललाई घटनाबारे जानकारी दिएकी थिइन् । यस्तै, राममूर्तीकी श्रीमतीका अनुसार ती महिला उनका श्रीमानको घुँडामा टाउको राखेर सुतिरहेकी थिइन् र उनले विमानका क्रुसँग उनलाई अन्यत्र सारिदिन आग्रह पनि गरेकी थिइन् ।

 

तर क्रुका सदस्यले अनुसन्धानकर्मीलाइ दिएको बयानमा पीडित महिलाले मात्र सिट परिवर्तन गर्नका लागि आग्रह गरेको बताइएको छ । क्रु सदस्यका अनुसार जब पीडितले उनीहरुसँग कुरा गरिरहेकी थिइन् तब उनी सुतिरहेकी थिइन् र उनको सर्टको टाँक खोलिएको थियो । अमेरिकी अदालतले सजाय पूरा भएपछि राममूर्तीलाई भारत फिर्ता पठाउने बताएको छ ।