टिचिङ अस्पताल भित्रै ‘चुरोट र रक्सी’ पिउनेको अखडा, पिसाब फेरेको पनि पैसा,अस्पताल प्रशासनको गैर जिम्मेवार

काठमाडौ , पुष १ । काठमाण्डौको महाराजगञ्जमा रहेको त्रिभुवन शिक्षण अस्पताल परिसरमा रहेको सौचालयमा सौच गरेको पैसा असुल्ने काम भईरहेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । सरकारी अस्पतालमा समेत सौच गरेको पैसा लिनु गलत भएको भन्दै उनिहरुले चिन्ता व्यक्त गरेका हुन् ।

 

अस्पताल परिसरमा रहेका २ वटा सौचालयमा पैसा तिरेर सौच गर्न बिरामी र तीनका आफन्त बाध्य भएका छन् । उनिहरुले पनि सौच गर्दा पैसा तिर्न परेको आक्रोश पोखेका छन् । सरकारी सौचालयमै पिसाब फेरेको पाँच रुपैयाँ र दिसा गरेको १० रुपैयाँ असुल्ने काम भईरहेको छ ।
सरकारी अस्पतालमा सर्वसुलभ रुपमा स्वास्थ्य उपचार गर्न पाउनुनर्पे भन्दै बिरामी र तीनका आफन्तले पैसा असुल्ने काम गतल भएको बताए । त्यस्तै अस्पताल परिसरमै निर्वादरुपमा चुरोट पिउने काम भईरहेको पनि खुलासा भएको छ । अस्पताल परिसरमा कुनै चिया पसल तथा रेष्टुरेन्टमा जस्तै चुरोटका ठुटा फेला परेका छन् ।

 

‘बिरामीको उपचार हुने अस्पतालमा पनि निर्वाद रुपमा चुरोट पिउन पाईने रहेछ’ बिरामी आफन्त लिएर उपचार गर्न आएका पटेश्वर यादवले भने, ‘यस्तो कार्यले बिरामी निको नभएर थप रोग बल्झने डर हुन्छ ।’ पटेश्वर बिरामी आफन्त लिएर कपिलवस्तुबाट उपचारको लागि महाराजगञ्जमा रहेको शिक्षण अस्पताल आएका हुन् ।

 

सौचालयको सुरक्षा र सरसफाईको लागि बाहिरबाट मान्छे खटाइएको हुँदा पैसा असुल्न परेको अस्पताल प्रशासनले जानकारी दिएको छ । ‘अस्पतालमा अरुपनि सौचालय छन्’ अस्पताल प्रशासन प्रमुख सुर्य प्रसाद अधिकारीले भने, ‘पैसा तिरेरै सौचालय जानुपर्ने बाध्यता भने छैन ।’
उनले अस्पतालसँग पिसाब फेरेको एक रुपैयाँ र दिसा गरेको २ रुपैयाँ असुल्ने सहमति भएको जानकारी दिए । तर ठेक्का लिएका व्यक्तिले भने निर्वाद रुपमा तोकिएको भन्दा बढी पैसा असुलीरहेका छन् ।

 

बढी पैसा असुलेको भए अनुसन्धान गरिने प्रशासन प्रमुख सुर्य प्रसाद अधिकारीले बताए । अस्पताल परिसरमै चुरोट खाएको बिषयमा अस्पताल प्रशासनले गम्भीरताका साथ लिएको उनको भनाइ छ ।