सेटिङको जालोमा अध्यागमन, प्रमुख नै सम्लग्न


काठमाडौं ,पुस २ ।  कामदार भिसामा मलेसिया उड्न लागेका २९ जनालाई शुक्रबार विमानस्थल अध्यागनले फिर्ता पठाइदिएको छ। श्रम स्वीकृति नलिई गएका उनीहरुलाई अध्यागमनले नाम, पासपोर्ट नम्बरसहितको विवरण इन्ट्री नगरी फर्काएको हो।

वैधानिक कागजान नपुर्‍याई विदेश उड्न खोज्नेलाई अध्यागनले विवरण इन्ट्री गरेर फर्काउनुपर्ने नियम छ। मलेसियाका लागि भिसा प्रोसेर मेडिकल जाँच र औंठाछाप लगाएको प्रक्रिया गर्ने कम्पनी भिएलएनविरुद्ध कानुनी कारबाही थालिएका कामदार भिसामा मलेसिया जान सरकाले रोकेको छ ।

 

मलेसियाको कामदार भिसा सहितको पासपोर्ट लिएर गएका चार जनालाई बिहीबार पनि अध्यागमनले फर्काइदिएको थियो। मलेसियाको वैध भिसा बोके पनि उनीहरूले श्रम स्वीकृति लिएका थएनन्। श्रम स्वीकृती नभए पनि शुक्रबार विमानस्थल पुगेका २९ जना उड्न पाइनेमा ढुक्क थिए।

 

विमानस्थल अध्यागमन प्रमुख राजेश पौडेलले यी २९जना आउनुअघि नै आफ्नो अफिसिएल इमेलबाट अध्यागमन डेस्कमा बस्ने अधिकृतहरूले चलाउने साझा इमेलमा उनीहरूको सम्पुर्ण विवरण फरवार्ड गरेका रहेछन्। आजको कान्तिपुर दैनिकबाट।