कांग्रेस महासमिति बैठक : हिन्दु धर्मका पक्षमा हस्ताक्षर संकलन
काठमाडौं,पुस २ । राजधानीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दु धर्मसहितको मुलुकका लागि कांग्रेसलाई नेतृत्व लिन महासमिति प्रतिनिधिलाई दबाब दिएका छन्।
बन्द सत्रमा दबाब दिएका प्रतिनिधिले हलबाहिर भने हस्ताक्षर अभियानै चलाएको छ। महासमितिको बन्द सत्रमा बोल्ने अधिकांशले धर्मनिरपेक्ष राष्ट्र हुँदा एक धर्मले अर्को धर्मलाई गर्ने सम्मानमा आँच आएको भन्दै हिन्दु राष्ट्र निर्माणका लागि कांग्रेसले नेतृत्व लिनुपर्ने आवाज उगठाएका हुन्।
केहीले भने धर्म निरपेक्षताको साटो धार्मिक स्वतन्त्रतासहितको मुलुकका लागि पहलकदमी लिन सुझाव दिएका छन्। उनीहरूले ‘सनातन धर्म संस्कृतिको जगेर्ना हुने र सोको रक्षामा आँच नपुग्ने गरी’ भन्ने शब्द राजनीतिक प्रतिवेदनमा उल्लेख गर्नुपर्ने माग गरेका छन्।
जारी महासभितिमा शनिवार नै राजनीतिक प्रतिवेदन पेश भइसकेको छ भने यसमाथि छलफल जारी छ। संविधान जारी हुनुअघि समेत धार्मिक स्वतन्त्रतासहितको मुलुक उललेख गर्ने कि धर्म निरपेक्षतासहितको मुलुक उल्लेख गर्ने भन्नेमा लामो समय विवाद भएको थियो। आजको राजधानी दैनिकबाट ।