कोषाध्यक्षबाहेक सबैमा निर्वाचन कांग्रेसमा जुट्यो ऐतिहासिक सहमति दुई पदाधिकारी थप,

काठमाडौं  पाैष ३। नेपाली कांग्रेस केन्द्रीय समितिमा ६ पदाधिकारी रहँदै आएकोमा अब ८ पदाधिकारी हुने भएका छन् ।

महासमिति बैठकमा पेश गर्नुअघि तयार पारिएको विधान मस्यौदामा पदाधिकारी थप्ने सहमति भएको छ । कांग्रेसको केन्द्रीत नेतृत्वले पदाधिकारी थप्ने गरी सहमति जुटाएको हो । लामो समयदेखि विधान मस्यौदाबारे पार्टीमा छलफल चलिरहेको थियो ।

 

अब कांग्रेस पदाधिकारीमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र दुई सहमहामन्त्रीको निर्वाचन हुने भएको छ । कोषाध्यक्षलाई सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनित गर्नेछन् ।

 

 

‘विधानमा पदाधिकारीको विषय टुंगो लगाएका छौं,’ सहमहामन्त्री डा। प्रकाशशरण महतले भने, ‘अब ८ पदाधिकारीमा कोषाध्यक्ष मात्र मनोनित गर्ने र बाँकी पदाधिकारी निर्वाचित गर्ने सहमति भएको छ । बुधबार बिहान केन्द्रीय समिति बैठक बसेर अनुमोदन गर्छौं ।

 

यसअघि ६ पदाधिकारी हुँदा सभापति, महामन्त्री र कोषाध्यक्षको निर्वाचन हुने व्यवस्था थियो । एक–एक उपसभापति, महामन्त्री र सहमहामन्त्री सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित गर्ने प्रावधान रहेको थियो ।

 

 

यसअघि केन्द्रीय समितिमा ८५ सदस्य हुने प्रावधान रहँदै आएको थियो । विधानको संशोधित मस्यौदामा एक सय ४१ सदस्यको प्रस्ताव गरिएको थियो । तर कति सदस्यीय हुने भन्ने टुंगो लाग्न सकेको छैन । विधान मस्यौदा समितिले मंगलबार रातिसम्म कति सदस्य हुने टुंग्याउने भएको छ ।