आज राति देखिनै लागु हुने गरी पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमान्डौ  पाैष ३।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर समान २  २ रुपैयाँ मूल्य घटाएको हो । निगमका अनुसार मंगलाबार रातिबाट लागू हुने गरी मूल्य घटाएको हो ।

 

मूल्य घटेपछि बुधबार बिहानबाट उपभोक्ताले पेट्रोल १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेल समान ९७ रुपैयाँ प्रतिलिटरमा खरिद गर्न पाउनेछन् । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री मात्रिकाप्रसाद यादवसँगकोे छलफलपछि मूल्य घटाइएको हो ।

 

भारतीय आयल कर्पोरेसन आइओसीले आइतबार पठाएको नयाँ मूल्य सूची घटेर आएको थियो ।खरिद दर घटेपछि निगमले नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो । आइओसीले निगमलाई प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य सूची पठाउने गर्छ ।

 

उता देशभरका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी अभाव भएको गुनासो बढिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यकता बमोजिम कर्मचारी भर्ना गर्न प्रदेश मन्त्रालयलाई निर्देशन दिएको छ ।स्वास्थ्य संस्थामा कार्यरत डाक्टर, नर्स लगायतका महत्वपूर्ण पद खालि हुँदा सेवा प्रवाहमा समस्या भएको गुनासो बढेपछि समस्या समाधान गर्न प्रदेशलाई अनुमति दिएको हो ।

 

स्वास्थ्य सचिव केदारबहादुर अधिकारीका अनुसार चिकित्सक, नर्सहरु अध्ययन बिदामा गएका कारण धेरै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी अभाव भएको छ । उनीहरुको पद रिक्त भएको ठाउँमा अस्थाई रुपमा आवश्यक कर्मचारी लिन प्रदेशलाई निर्देशन दिएको सचिव अधिकारीले बताए ।स्वास्थ्य मन्त्रालयको निर्देशनसंगै अध्ययन बिदामा गएर खाली रहेको स्थानमा नयाँ स्वास्थ्यकर्मी भर्ना लिने बाटो प्रदेशलाई खुलेको छ ।

 

स्वास्थ्य क्षेत्रमा देखिएको कर्मचारी अभावको समस्या मन्त्रालयको यो निर्णयसंगै केही समाधान हुने अनुमान गरिएको छ । अस्थायी रुपमा भर्ना भएका कर्मचारीको ठाउँमा लोकसेवाबाट आएको खण्डमा स्वत नियुक्ति खारेज हुनेछ ।