प्रदेश सरकारको कुनै औचित्य नभएको चित्रबहादुर केसीकाे दाबी

डडेल्धुरा, पुस ४ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश सरकारको कामै नभएको दाबी गरेका छन्। कार्यकर्ता भेटघाटको क्रममा सुदूरपश्चिम प्रदेश दौडाहामा रहेका केसीले बुधबार डडेल्धुरा सदरमुकामा आयोजित पत्रकार भेटघाट कार्यक्रमा प्रदेश सरकारको कुनै औचित्य नभएको दाबी गरेका हुन्।

 

केन्द्र र स्थानीय सरकारमा भएको अधिकार ठीकै भएको उल्लेख गर्दै उनले प्रदेश सरकारको काम के हो रु भन्दै प्रश्न गरे। उनले स्थानीय तह बलियो बनाउनुपर्ने र केन्द्रले धेरै अधिकार राख्न नहुने उनको दाबी छ । केन्द्र र स्थानीय सरकारबीचको समन्वयका लागि प्रदेशलाई प्रशासनिक संयन्त्र बनाउनु पर्नेमा उनको जोड छ।

 

‘प्रदेशभित्रको मन्त्रीमण्डलको खर्च, कर्मचारीको खर्च केले चल्छरु’ उनको प्रश्न छ, ‘यहीँ नगरपालिका छ, गाउँपालिका छ। त्यहीँमा प्रदेश छ। केका खर्चले चल्छन्रु’ प्रदेशमा हुने खर्च सबै नगरपालिका र गाउँपालिकामा दिनु पर्ने उनको भनाइ छ।

 

केन्द्र सरकारले पनि बढीभन्दा बढी बजेट आफूले राख्नुभन्दा पनि गाउँ र नगरपालिकालाई दिनुपर्नेमा उनको जोड छ। ‘स्थानीय तहलाई दिइएको अधिकार अझैं थप्नुपर्छ। उनले अघि भने,‘यो प्रदेश सरकारको काम छैन।’ पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले नेपाल राख्ने र बचाउने भए संघीयता खारेज गर्नुपर्ने दोहो¥याए । महंगो प्रणाली भएकाले संघीया खारेज हुनुपर्ने उनको दाबी छ।

 

प्रजातान्त्रिक विकेन्द्रीकरणको अधारमा राज्यको एकात्मक प्रणाली नै उपयुक्त भएको उल्लेख गर्दै अध्यक्ष केसीले भने, यो संघीयता खारेज गर्नुको विकल्प छैन।’ संघीयता र प्रदेश सरकार ‘घाणो’ भएको उनको जिकिर छ।

सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन

अध्यक्ष केसीले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्दा सरकारविरुद्ध विरोध बढिरहेको उनको ठम्याइ छ । ‘नौ महिनामा कायापलट त हुन सक्दैन तर यो समयमा भ्रष्टाचारीलाई कारबाही जस्ता साना कार्य पनि नगरेकाले सरकार अलोचित बनेको छ ।’

 

सरकारलाई सफल मान्न भने नसकिने उनको भनाइ छ । उनले अहिले पनि संविधान र गणतन्त्रमाथि ‘कालो बादल’ मडारिरहेको बताए। उनले भने ‘त्यकारण हिजो असफल भएका शक्ति केन्दहरुले खेल खेल्न सक्ने भएकाले संघीयतामाथि कालो बादल मडारीराखेको छ ।’

 

उनले नेपाली जनताको सात दशकको पर्खाइ र बलिदानीबाट प्राप्त उपलब्धिमाथि खेलबाड गर्न देशी–विदेशी तत्व सल्बलाई रहेको जिकिर गर्दै तीनै तहका सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताए।

 

सरकारको कार्यशैलीले जनतालाई झन् निरास पारेको भन्दै उनले संघीयताप्रति जनताको बितृष्णा जागेकाले हिन्दुराज्यका आवाज उठ्न थालेको दाबी गरे।