परीक्षा नदिई ९५ हजार स्वास्थ्यकर्मी गर्छन् काम, काउन्सिल बेखबर

काठमाडौं, पुस ५ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले शैक्षिक योग्याको प्रमाणपत्र पेस गरेको भरमा योग्याता परीक्षा नलिई ३२ संकायका ९५ हजार स्वास्थ्यकर्मीलाई लाइसेन्स दिएको छ। सामान्य चिकित्सा, डेन्टल, जनस्वास्थ्य, रेडियोग्राफर, प्राकृतिक चिकित्सा, फिजियोथेराजी, ल्याब, सीएमए, एचए, जनस्वास्थ्यलगायतका ३२ संकायले परीक्षाबिनै लाइसेन्स पाइरहेका छन्।

 

परिषदमा आबद्ध ९५ हजार जनशक्तिले परीक्षाबिनै लाइसेन्स लिएका छन्। तर, ती जनशक्तिले के र कसरी काम गरिरहेका छन् भन्नेबारेमा परिषद बेखबर छ। परिषदमा आवद्ध हुन लाइसेन्स आवश्यक पर्छ। तर, परिषद् गठन भएपछि नै परीक्षा नै लिई शैक्षिक प्रमाणपत्र पेस गरेको भरमा लाइसेन्स उपलब्ध गराइरहेको छ।

 

स्वास्थ्यकर्मीले आवश्यक शुल्कसहित शैक्षिक योग्यता पेस गरेपछि अध्यक्ष र रिजिस्ट्रारमार्फत परिषद्ले व्यवसायको लाइसेन्स दिने गरेको छ। परीक्षा दिएर मात्रै लाइसेन्स दिनुपर्ने प्रावधान हुनुपर्ने संयुक्क्त स्वास्थ्य समन्वय व्यवसायी समितिका संयोजक माइकल देवकोटाले बताए। उनले भने ‘डाक्टर नर्सहरुले नेपाल मेडिकल काउन्सिलले परीक्षा लिन्छ। तर ३२ संकायको परीक्षाबिनै लाइसेन्स दिएको छ।’

 

‘नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन २०५३’ ऐनमा स्वास्थ्य व्यवसायीहरुको योग्यता निर्धारण गरी योग्यता पुगेका स्वास्थ्य व्यवसायीको नाम सूचीकृत गर्ने व्यवस्था छ। ऐनमा योग्यता निर्धारणको आधार शैक्षिक प्रमाणपत्रलाई मानिएको छ।  राजधानी दैनिकबाट ।