निर्मलाको निम्ति सगै न्याय माग्दै मेलीना राई र सेड्रिना शर्मा

ईटहरी, पुस ५  । गितकार प्रलाद शाहको शब्द रहेको मेरी आमा बोलको गितको भिडियो सार्बजनिक गरिएको छ । मेलीना राईको आवाज रहेको गितमा संगीत नबिन कार्कीको रहेको छ । पछिल्लो समयमा नेपालमा बतात्कार पछि हत्याका घटना सार्बजनिक भइरहेको अबस्थामा निर्देशक बिकाश सुबेदीले यसै बिषयमा भिडियोलाई केन्द्रित गरेका छन् ।

 

रंगमन्चकी चर्चित कलाकार शान्ती गिरी र ‘नाई न भन्नु ल ५’ बाट डेब्यु गरेकी कलाकार सेड्रिना शर्माले भिडियोमा अभिनय गरेका छन् । भिडियोले निर्मला पन्तलाई न्याय होस भन्ने माग समेत गरेको छ ।

 

अनिल के मानन्धरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । म्युजिक भिडीयो मनोरन्जनको साधन मात्र होइन समाजको कथा बोल्ने र जनता संग प्रत्यक्ष जोडिने बिषय भएकाले गहन बिषयमा भिडियो तयार गरेको निर्देशक सुबेदीले बताए ।