जर्नेल–कर्णेलका अनियमित काम छानबिन गरियोस्,भनि सिपाहीले लेखे मार्मिक पत्र

काठमाडौ पौष ५।पूर्व प्रधानसेनापति राजेन्द्र क्षत्री, उनका छोरा अभिषेक क्षत्री र दाजु रमीन्द्र क्षत्रीले महाभूकम्पले क्षतिग्रस्त आर्मी हेडक्वार्टर जंगी अड्डा पुनर्निर्माण, महांकालस्थित भेटेरान अस्पताल, सेनापति निवास एवं विकास निर्माण निर्देशनालयबाट भएको थुप्रै ब्यारेक, स्कूल कलेज निर्माणमा करोडौं कमाएको सुनिन्छ । त्यसैगरी हेटौंडा, चितवनलगायतको विभिन्न स्थानहरूमा पूर्व प्रधानसेनापति राजेन्द्र क्षत्रीले निजी भवनहरू निर्माण गरेका छन् । यी सबै निर्माणहरू मालसामान खरिदको बिल भर्पाइ सैनिक कल्याणकारी कोषको नाममा काटिन्थ्यो । त्यसैगरी पूर्व प्रधानसेनापति क्षत्रीले भर्खरै झम्सीखेलमा १८ करोड घर खरिद गरेको चर्चा पनि हामीले सुनेका छौं ।

अचम्ममा मन नपर्ने के छ भन्दा जो प्रधानसेनापति भएपनि ७ पुस्तालाई कमाउनै पर्ने  सिपाहीको पसिनाको कुनै मूल्यांकन छैन । सेनालाई पेशेवर बनाउनेतर्फ कुनै पहल नगर्ने, तर आफु मात्रै कुम्ल्याउन खोज्ने ?  नागरिक सरकारको प्रतिनिधि रक्षा मन्त्रालयले के हेरेरबसेको छ रु यसो १÷२ पटक ब्यारेकमा भोजभतेर, र सेनाको खर्चमा विदेश घुम्न पाएपछि रक्षा मन्त्रीप् र मन्त्रालयका हाकिमहरू मख्ख पर्ने, सेनाका अनियमित कम कारवाही सबै ढाकछोप गर्नुपर्ने रु यो कस्तो बाध्यता हो ?

त्यसैगरी तात्कालीन प्रधानसेनापति क्षत्रीलाई समेत बाइपास गरेर राजनीतिक शक्तिको दुरुपयोग गर्दै सेनाको फलामे अनुशासन तोडेर फास्ट ट्रयाकको जिम्मेवारी लिएका उपरथी योगेन्द्र खाँडको अनियमित काम कसले हेर्ने रु सेनाको इन्जिनियरि¨ विभाग अन्तरगत पदोन्नति गर्दा आफ्नालाई अगाडि ल्याउने, अरुलाई पछाडि धकेल्ने ।

 

राजेन्द्र क्षत्रीले २८ बेसिकको अधिकृतलाई ३६ बेसिकका अधिकृतसँग प्रतिस्पर्धा गराउने रु एउटा सामान्य सिद्धान्त अनुसार पनि २÷४ बेसिक अधिकृतबीचमा प्रतिस्पर्धा हुनुपर्ने हो रु सेनाभित्रको जेष्ठताक्रम नै भंग हुन लागिसक्यो । यही परम्परा उपरथीसम्म आइसक्यो भोलि महारथीमा पनि नआउला भन्ने ग्यारेण्टी के छ ?  वर्तमान चीफको ध्यानाकर्षण होस् ।

सेना भित्रको महत्वपूर्ण अर्को कुरा बहुविवाह गर्ने, आफ्नै महिला सैनिक र सहकर्मीको श्रीमतीहरूको यौन शोषण गर्ने जर्नेल, कर्नेलहरूलाई पुरुस्कार र सामान्य गल्ती गर्ने सिपाहीहरूलाई आजीवन दुःख दिने पारिपाटी झनै मौंलाउँदै गएको छ । प्रधानसेनापति थापा चीफ सा’बबाट यसको सुधार र दण्ड सजायको व्यवस्था होस् ।

पूर्व सेनापति क्षेत्रीलाई कमाउ धन्दामा सहयोग गर्ने उनकै श्रीमती र छेरा अभिषेक प्रमुख मानिन्छन् । अभिशेकले सेनाको ठेक्कापट्टामा आपूmलाई मन नपरेका ठेकेदार हटाउने, भुक्तानी नदिनेजस्ता काम गरेको बारेमा पनि छानविन होस् । त्यसैगरी प्रधानसेनापति क्षत्रीकी पत्नी र दाजु रमीन्द्रले शान्ति सेना, पोस्टिङ, प्रोमोशन, क्याडेट भर्ना, स्टाफ कलेज प्रवेश परीक्षा, सेनाको विद्यालय भर्ना, एनडीसी छनौट सैनिक सहचारी छनौटजस्ता महत्वपूर्ण काम कारवाहीमा सीधै हस्तक्षेप गर्ने गरेका थिए, अब आइन्दा प्रधानसेनापतिका यस्तो कार्य कहिल्यै नहोस् भन्ने हाम्रो सुझाव छ ।

 

आशा गरौं, हालका निष्कलंक प्रधानसेनापति थापाबाट सेनाको पेशेवर क्षमता वृद्धि गर्ने काम होस्, सबै दर्जाको पीरमर्का बुझियोस्, दूधमाथि तैरन सफल भएका भ्रष्ट, यौन शोषकहरूलाई संगठनबाटै आउट गरी निष्कलंकित सेना निर्माण गर्ने सफलता मिलोस्, हाम्रो यही शुभकामना, सेनापतिलाई ।

अन्तमा रक्षा मन्त्रालय र अख्तियारले व्यापारी जर्नेल, कर्णेलहरूको अकुत सम्पत्तिमाथि छानबिन गरी सत्यतथ्य प्रकाश पारोस् भन्ने हामी तल्ला दर्जाका सैनिकहरूको अपिल छ ।

सेनाभित्र भएका अनियमित कामहरूको बारेमा भर्ना छनौटका दोषी सैनिकहरूलाई कारवाही गरे जस्तै वर्तमान सैनिक नेतृत्वले अन्य विषयमा पनि तत्काल छानविन गरेर वास्तविकता सार्वजनिक गरोस् । नेपाली सेनाको कल्याणकारी कोष, सरकारको नियमित बजेटमा भ्रष्टाचार, अनियमित काम भएको छ। भने जो सुकै होस् कारवाहीको भागी होस् भन्ने हाम्रो माग हो । साँघु साप्ताहिकबाट।

जंगी अड्डाका प्रत्यक्षदर्शी अधिकृत तथा बिल्लादार सैन्यहरु