धुँवाले निसास्सिएर छोराको मृत्यु, आमाको अवस्था गम्भीर

सांकेतिक तस्बिर

डडेल्धुरा, पुस ५ । डडेल्धुरामा आगोको धुँवाले निसास्सिएर एक बालकको मृत्यु भएको छ । बैतडी जिल्ला मेलौली नगरपालिका–२ बस्ने अन्दाजी १३ वर्षीय विनोद भट्टको गएराति मुत्यु भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।

 

अमरगढी नगरपालिका–५ डडेल्धुरास्थित पेन्सिया एकेडेमीमा केयरटेकरको रुपमा कार्यरत विनोदकी आमा हिरा भट्टको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । हिरालाई बिहीबार बिहान उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरेको छ ।

 

जाडोका कारण कोठामा कडाइमा आगोका कोइलाहरु राखी ढोका थुनी सुतका आमा–छोरा बिहीबार बिहान निसास्सिएर बेहोस भएको अवस्थामा फेला परेपछि उपचारका लागि उनीहरुलाई डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल पु¥याइएको थियो ।

 

अस्पताल पु¥याउने वित्तिकै विनोदलाई अस्पतालले मृत घोषणा गरेको हो । उनको अस्पताल ल्याउनभन्दा करिब ६ घण्टा पहिले नै मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । डडेल्धुरा सदमुकाम नजिकै रहेको वैजनाथ मावि मौरोडामा कक्षा ६ मा अध्ययनरत थिए । मृतक विनोदका बुवा रोजगारीको सिलसिलामा विदेशमा छन् ।