गुन्डा नाइके’ मनाङ्गे रिहा


काठमाडौं  ,पुस ६ ।ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परी थुनामा रहेका सांसद दीपक मनाङ्गे थुनामुक्त भएका छन्। मनाङबाट निर्वाचित प्रदेशसभा सांसद तथा गुन्डा नाइके राजिव गुरुङ अर्थात् दीपक मनाङ्गेलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।

गुण्डानाइकेका रुपमा चर्चित मनाङ्गेले ज्यान मार्ने उद्योगमा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए। सर्वोच्च अदालतको आदेशमा उनी शुक्रबार जेलबाट छुटेका हुन् । बाँकी कैद मिनाहा गर्ने आदेशसँगै उनी छुटेका हुन् । अर्का गुण्डा नाइके चक्रे मिलनको हात काटेको घटनामा उनलाई दोषी ठहर गरी जेल सजाय गरिएको थियो ।

 

प्रहरीको फरार सूचीमा रहेका उनलाई गत वर्ष मनाङबाट प्रदेशसभामा निर्वा्चित भएपछि नै पक्राउ गरी जेल पठाइएको हो । उनलाई ७ वैशाखमा काठमाडौं प्रहरी परिसरको टोलीले स्वयम्भूबाट पक्राउ गरेको थियो । लामो समयदेखि विवादास्पद छवि रहदै आएका मनाङ्गे प्रदेशसभामा उम्मेद्वारी दिंएकै समयदेखि राजनीतिक क्षेत्रमा पनि चर्चित हुन थालेका हुन् ।