दाङ बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २३ पुग्यो, १२ जनाको सनाखत


दाङ पाैष ७। दाङमा विद्यार्थी बोकेको बस शुक्रबार सांझ ५ बजेतिर दुर्घटनामा ज्यान गुमाउने २३ मध्ये १२ जनाको परिचय खुलेको छ। उपचारका क्रममा शनिबार बिहान थप एक जनाको मृत्यु भएपछि मृतकको संख्या २३ पुगेको हो। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा मृत्यु भएकाहरू यसप्रकार छन्

जुम्ला चन्दननाथ न पा ६ का वर्ष १६ की कुसुम रावल निजको दाजु विजय रावलले शव बुझेको दाङ बबई गाउँपालिका-५ की वर्ष २१ वर्षीया कविता खत्री जाजरकोट भेरीगंगा नगरपालिका-४ का वर्ष १७ का आतिस नेपाली ,कञ्चनपुर कृष्णपुर नगरपालिका-५ का वर्ष १७ का खेमराज भट्ट

जुम्ला चन्दननाथ नगरपालिका(३ का १७ वर्षीय हिक्मत बोहरा, दाङ घोराही उपमहानगरपालिका(१७ का वर्ष २८ का प्रदीप घमिरे, दाङ दंगिशरण गाउँपालिक-१ का २० वर्षीय सञ्जित रतगैया, जुम्ला कन्कासुन्दरी गाउँपालिका-५ घर भएका वर्ष २० का वीरेन्द्र कडारा ,रुकुम भुमे गाउँपालिका-६ का वर्ष २८ का नरेश वली

 

दाङ घोराही उपमहानगरपालिका-१४ का वर्ष १९ का विजय घर्ती,जुम्ला हिमा गाउँपालिका-५ की १७ वर्षीया शैलजा शाही, दाङ घोराही उपमहानगरपालिका-३ का २६ वर्षीय मदन खत्री क्षेत्री बस चालक अन्यको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। घाइते १५ मध्ये ११ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको उपचार कोहलपुरस्थित मेडिकल कलेजमा भइरहेको छ।

घाइतेको विवरणः

१. जुम्लाको तातोपानी गाउँपालिका -४ की १८ वर्षीया हिमाली हमाल

२. जुम्लाकै चन्दनाथ नगरपालिका -३ का १६ वर्षीय कुशेन्द्र खत्री

३. कैलालीको टीकापुर नगरपालिका-८ की १७ वर्षीया समीक्षा रोकाया

४. अछामको मंगलसेन नगरपालिका–५ का १८ वर्षीय विक्रम भण्डारी

५. रुकुमको त्रिवेणी गाउँपालिका–६ का वर्ष १७ का प्रेमबहादुर खड्का

६। दाङको घोउमनपा १७ स्यूजा बस्ने बर्ष- १७ की मनिका रिजाल

७. जुम्ला चन्दनाथ नगरपालिका- २ का १७ वर्षीय जीवन भण्डारी

८. चन्दनाथकै- ४ का वर्ष १६ वर्षीया वर्षा रोकाया

९. अछामको मंलगसेन नगरपालिका- ५ वर्ष १८ का युवराज ढुंगाना

१०. रुकुमको सानीभेरी गाउँपालिका -२ का १६ वर्षीया रोजिना पुन

११. दाङको घोराही उपमहानगरपालिका- १४ का २० वर्षीय सञ्जय खनाल

१२. रुकुम सानिभेरी गाउँपालिका- १० अर्माका २० वर्षीयको राजन डागी

१३. अछाम मंगलसेन नगरपालिका- ५ का १८ वर्षीय भद्र विष्ट

१४. रोल्पा परीवर्तन गाउँपालिका -४ वर्षका १७ का प्रकाश वली विद्यार्थी तथा शिक्षक बोकेको बा ४ ख ९७६६ नम्बरको बस शुक्रबार सांझ ५ बजेतिर तुलसीपुर–सल्यान सडकअन्तर्गत तुलसीपुरको राम्री भन्ने स्थानमा दुर्घटना भएको थियो।