सबै बिद्यार्थीलाइ उच्च शिक्षा पढाउन सरकारले नै बिमा गरी दिए पछि सजिलो हुन्छ : मुख्यमन्त्री राउत

पर्सा , पाैष ८। प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आउँदो माघदेखि प्रदेशभित्र जन्मिने सबै छोरीको शिक्षा बिमा गरिने घोषणा गरेका छन्। प्रदेश सरकारले थालनी गरेको ‘बेटी बचाइ, बेटी पढाइ’ अभियानलाई सफल बनाउन प्रदेशभित्र जन्मिने छोरीहरुको शिक्षाका लागि बीमाको योजना लागू गर्ने तयारी प्रदेश सरकारले गरेको जानकारी दिएका हुन्।

 

वीरगञ्ज पब्लिक कलेजले वीरगञ्जमा आयोजना गरेको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले तराईमा रहेको दाइजो तथा बालविवाहलाई बीमा योजना कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे।

 

मुख्यमन्त्री राउतले छोरीलाई शिक्षित गरे मात्र राष्ट्र र समाजको विकास सम्भव भएकाले नै रोजगारीको सुनिश्चित गर्न प्रदेश प्रहरीमा महिलालाई ५० प्रतिशत आरक्षण दिएको र निजामतीमा समेत आरक्षण दिने तयारी गरेको बताए।

 

उनले औपचारिक शिक्षाले मुलुकको विकास सम्भव नभएकाले अब प्राविधिक शिक्षाको विकासतर्फ उन्मुख हुन आवश्यक रहेको धारणा राखेका थिए। प्रदश नं २ लाई प्रविधिक शिक्षाको केन्द्रविन्दु बनाउन प्रदेश सरकार गृहकार्यमा लागेको जानकारी उनले दिए।

 

वीरगञ्ज पब्लिक कलेजका प्रबन्धक दीपक शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न शैक्षिक संस्थाबाट एमबीए, एमबीएस, बीबीए, बीबीएस उत्तीर्ण १३१ विद्यार्थीलाई मुख्यमन्त्री राउतले प्रमाणपत्र प्रदान गरे।