काठमाडौंकाे घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आगलागी

काठमाडौं पाैष ८। राजधानीको घण्टाघरस्थित त्रिचन्द्र कलेजमा आगलागी भएको छ । आगलागी विद्युत सर्ट भएर लागेको प्रहरीको अनुमान छ । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको महानगरी प्रहरी दरबारमार्गले जनाएको छ ।

आगलागी भएको छेउमै जेनेरेटर समेत भएकोले कतै जेनेरटरमै विद्युत सर्ट भएको होकी भन्ने आशंका समेत प्रहरीको छ । दाउराको आगोले जेनेरेटरमा सर्ट सर्किट भएपछि आगोले ठूलो रुप लिएको थियो।

 

प्रशासन कक्ष ९रानीपोखरी तर्फ० आगो लागेको र अहिले पूर्ण रुपमा नियन्त्रणमा आइसकेको महानगरी प्रहरी दरबारमार्गले जनाएको छ । क्षतिको विवरण आउन बाँकी छ। आगो नियन्त्रणमा दुई वटा दमकल, प्रहरी, सशस्त्र र स्थानीयवासी खटिएका थिए।