चिसो मौंसममा गर्भवती महिलाले विशेष ध्यान दिनुपर्छ भन्ने विषयक जानकारीमुलक कार्यक्रम मुगुमा सम्पन्न

    संवाददाता  : पहलमान राेकाया 

 मुगु पाैष ९। मानव अधिकार तथा वातावरण विकास केन्द्र (हेरेण्डेक -नेपाल )मुगु र back to life e.v जर्मनीकोआर्थिक सहयोगमा Health Education & Community Promotion Programm अन्तर्गत मुगु जिल्लाको कार्कीवाडा,सेरी,गम्था,खमाले,ह्याङ्गलु, कालै र रारामा बिगत ९ बर्ष देखि काम गर्दै आएको छ । ७ वटा प्रसुति गृहमा अहिले सम्म ९०१ जना महिला सुरक्षित प्रसुति गराई बच्चा जन्म दिएको छ । यस संस्थाले हरेक महिनामा गर्भवति जाँच कार्यक्रम गर्ने गरेको छ।

 

 जाँच गर्दा अल्ट्रा सोनो ग्राफी बाट गर्भवति महिलालाई जाँच गर्ने कार्यक्रम गरेका छौ, भनेर बताउनु हुन्छ यस संस्थाका कार्यक्रम प्रबन्धक श्री नमराज रावत यसै अवसरमा यति बेला जाडोयामका महिनामा मानव शरीरलाई सामान्यतया अरु महिनामा भन्दा अलि बढी हेरविचार आवश्यक हुन्छ। त्यसमा पनि गर्भवती महिलालाई विशेष जाडाे महिनामा अलि बढी हेरविचार गर्नु पर्छ भनेर विभिन्न सुझाव सल्लाहा दिनु भएकाे छ, शिक्षा बिभाग प्रमुख श्री गोबिन्द प्रसाद संञ्यालले गर्भ रहेको पहिलो तीन महिना स्वास्थ्यका हिसाबले जटिल अवस्था मानिन्छ। यो समयमा धेरै बान्ता हुने, खान मन नलाग्ने, धेरै कमजोरी महसुस हुने हुन्छ। यी समस्या चिसो महिनामा अझ बढी हुन्छ। त्यसैले यो बेला खानपिनमा ध्यान पुर्‍याउनुपर्छ।

 

शरीरमा भिटामिन सी को कमी हुन नदिन कागती पानी, सुन्तला, मौसम आदि खाने गर्नुपर्छ। यो समयमा खाना नरुच्ने, खाए पनि सजिलै नपच्ने भएकाले सकेसम्म भिटामिन सी युक्त खानेकुरामै जोड दिनुपर्छ। चौथो महिना लागेपछि भने अलि सहज हुन्छ। खान मन लाग्ने हुन्छ।जाडो महिना भन्दैमा चिया, कफी बढी खाने प्रचलन छ। त्यसले ग्यास्ट्रिक बढाउन सक्छ। बरु प्रोटिन धेरै पाइने अन्डा, मासु आदि खान जोड दिनुपर्छ।
जाडोयाममा पानी थोरै खाने गरिन्छ। तर, पानी थोरै खाँदा पिसाबमा संक्रमण हुन सक्छ र समय अगावै बच्चा जन्मन सक्छ। त्यसैले पर्याप्त पानी पिउने गर्नुपर्छ। गर्भवतीले काठमाडौं जस्ता बढी भिडभाडयुक्त शहरमा प्रदुषणबाट जोगिन पनि उत्तिकै आवश्यक हुन्छ। घरबाट बाहिर निस्किँदा धूलो–धूवाँबाट बच्न मास्क लगाउने गर्नुपर्छ।

गर्भवती अवस्थामा इम्युनिटी पावर कम भएर छिटै चिसो लाग्ने भएकाले बढी ध्यान दिनुपर्छ। सजिलै रुघाखोकी लागिहाल्ने भएकाले शरीर न्यानो पार्नुपर्छ। न्यानो लुगा लगाउने, हात–खुट्टामा पनि पञ्जा र मोजा लगाउने, तातो खानेकुरा बढी खाने गर्नुपर्छ।

 

गर्भ रहेको २६ हप्तादेखि बच्चा जन्मिने समयसम्म तेस्रो चरण हो। यो समयमा महिलाहरु अब कुनै पनि बेला मेरो बच्चा जन्मिन सक्छ भनेर मानसिक रुपमा तयार हुन्छन्। यो समयमा रुचेसम्म पर्याप्त खानुपर्छ ।बाहिरका खानेकुरा सकभर खानु हुँदैन।
जाडो महिना छ, चिसो लाग्छ भनेर ननुहाई बस्नु हुँदैन। सरसफाइमा विशेष ध्यान दिनुपर्छ। नुहाएपछि टम्म लुगा लगाएर न्यानो भएर बस्नुपर्छ।

 

न्यानो भएर बस्दा पनि रुघाखोकी लागिहाल्यो भने औषधि खान नमिल्ने भएकाले घरमै तातोपानीको बाफ लिनुपर्छ। भिक्स पनि लगाउन सकिन्छ। इम्युनिटी पावर नभएर निमोनिया र अन्य संक्रमण पनि हुन सक्ने भएकाले स्वास्थ्यमा समस्या आएमा घरमा बसिराख्नु हुँदैन। धेरै चिसो लागेर गाह्रो भयो र छातीमा समस्या देखिन थाल्यो भने डाक्टरको सल्लाह लिनुपर्छ।

यो अवस्थामा गर्भमा बच्चा बढ्दै जाँदा पनि हात–खुट्टा सुन्निन सक्छ। यदि ब्लडप्रेसर बढेको छ र हात–खुट्टा सुन्निभएको छ भने खतरा हुन सक्छ। यस्तो अवस्थामा स्वास्थ्य संस्थामा हाम्रो प्रसुति गृहमा आएर जाँचा गराइ हाल्नुपर्छ। रक्तचाप बढ्नुका साथै मधुमेह पनि हुन सक्ने भएकाले समयसमयमा जाँचपड्ताल गराउनुपर्छ।

 

गर्भावस्थामा धेरै बेरसम्म खुट्टा झुन्ड्याएर बस्नु हुँदैन। बस्दा पनि केही सपोर्ट लिएर बस्नुपर्छ। उभिँदा शरीरको पूरै भार खुट्टामा पर्ने भएकाले लामो समय सम्म उभिनु हुँदैन।गर्भावस्थामा जाँचपड्ताल गर्दा सबै सामान्य छ ,भने घरको थोरतिनो काम गर्न सकिन्छ। यसले शरीर सक्रिय रहेर फाइदा नै हुन्छ। बिहान–बेलुका सामान्य हिँडडुल गर्न सकिन्छ। सामान्य योग पनि गर्न सकिन्छ।