निर्मला हत्या प्रकरणः सीआईबीको अर्को टोली कञ्चनपुर


काठमाडौँ  पाैष ९। कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको १५० दिन पुगेकोे छ । बलात्कारपछि हत्या घटना अनुसुन्धानका क्रममा पं्रहरुलिे प्रमाण मेटेपछि अपराधी पत्ता लाग्न सकेको छैन ।

निर्मला प्रकरण अनुसन्धानका लागि पछिल्लो पटक केन्द्रीय अनुसन्धान ब्युरो ,सिआइबी, को अर्को टोली कञ्चनपुर पुगेको छ । सीआइबीका प्रवक्ता एसपी सुदीप गिरी नेतृत्वको टोलीले कञ्चनपुर पुगेर अनुसन्धान थालेको छ । यो खबर आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।