रहस्यमय तरिकाले ससुराको हत्या बुहारी घाइते, घाइते बुहारी प्रहरी नियन्त्रणमा

बैतडी, पुस ९ ।बैतडीमा रहस्यमयी तरिकाले ससुराको हत्या गरेको छ भने बुहारीलाई घाइते बनाएको छ । सिगास गाउँपालिका ९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या गरेको हो भने उनकी २१ वर्षीया बुहारी लक्ष्मी बोहरालाई घाइते बनाएको हो ।

 

गएराति साढे ९ बजेतिर घरमा आएका अपरिचित एक व्यक्तिले ससुराको हत्या गरेको हो भने बुहारीलाई घाइते बनाएको हो । घाइते लक्ष्मीको टाउकोमा चोट रहेको र स्थानीय स्वास्थ्यचौकीमा उपचार गरिएको छ ।

 

मुखमा मास्क लगाएर आएका एक व्यक्ति सुसुराको घर नजिकै हत्या गरेको घाइते लक्ष्मीले बताएकी छन् । मृतक बोहरालाई चिर्पटले हानेर हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । उनको छातीमा चोट र मलद्वार पनि फाटेको घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र वहादुर बोगटीले जानकारी दिए ।

 

घटनास्थलमा घाइते महिलाका चुरा चप्पल र पुरुषको घडी भेट्टिएको छ । घरमा ससुरा र बुहारी मात्रै रहेको बेला अपरिचित ब्यक्तिले एक्कसी ससुरामाथि आक्रमण गरेको घाइते बुहारी लक्ष्मीले प्रहरीलाई बताएको छ ।

 

लक्ष्मीले घटना भएको बेला अर्को गाउँमा रहेका आफ्ना जेठाजु धनबहादुर बोहरालाई फोन सम्पर्क गरेको खुलेको छ । जेठाजुलाई घटना भएको जानकारी गराएको र उक्त फोन सम्वाद ११ सेकेण्ड मात्रै भएको देखिएको छ । त्यसपश्चात आफूसंग रहेको मोबाइल समेत अपरिचित मान्छेले लगेको बुहारीले प्रहरीलाई बताएको छ ।

 

प्रहरीले घटनास्थलमा भेट्टिएका प्रमाणहरु फुट प्रिन्ट, चुरा,चप्पल र घडी सुरक्षित रुपमा राखेको छ । लक्ष्मीका श्रीमान रोजगारी शिलशिलामा भारतमा रहेका छन् । घटना भएको स्थानमा मृतक जसुको मात्रै घर रहेको थियो ।

 

 

कसले र किन हत्या गरे भने केही खुल्न सकेको छैन् । घटना रहस्यमय भएकोले घाइते लक्ष्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक शव परिक्षणका लागी पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले बताए ।